Course Introduction
परिचय
कोर्षमा अघि बढ्नुहोस्
यो कोर्ष विद्यालयका प्रधानाध्यापक, शिक्षक र अन्य अगुवाहरूको सानो समूहसँग सञ्चालन गर्न डिजाइन गरिएको हो । यो एएटा व्यावहारिक कोर्ष हो । यसमा ८ खण्डहरू छन् । प्रत्येक खण्डमा पढाइ, क्रियाकलापहरु, र प्रतिबिम्बन समावेश छन् । यसमा समुदाय र अन्य विद्यालय अगुवाहरूसँग छलफल गर्ने अवसरहरू पनि छन् ।
प्रत्येक खण्डमा, धेरै क्रियाकलापहरु छन् । यी मध्ये केही क्रियाकलापहरु तपाईं आफैले तपाईंको विद्यालयमै र अन्यत्र पनि गर्नुहुनेछ, यी तपाईंको लागि आफ्नै काम गर्ने समय र स्थानमा नै पूरा गर्न सकिन्छ । यी मध्ये केही क्रियाकलापहरु तपाइँलाई तपाइँको सिकाइ जर्नलमा अवलोकन वा प्रतिबिम्बका रुपमा लेख्नुपर्नेछ । प्रत्येक खण्डमा करिब ५-६ घण्टा लाग्ने क्रियाकलापहरु छन्, त्यसैले प्रत्येक खण्डका क्रियाकलापको लागि २ हप्ताको समय छुट्टाइएको छ ।
कोर्षका अन्य क्रियाकलापहरु NIC मा तपाईंका साथीहरूसँग सञ्चालन गर्न मिल्ने किसिमले निर्माण गरिएको छ । यो स्थानीय केन्द्रमा वा काठमाण्डौ विश्वविद्यालयमा व्यक्तिगत भेटघाट हुन सक्छ वा कुनै प्लेटफर्म प्रयोग गरेर अनलाइन पनि हुन सक्छ । यसका लागि तपाइँको सहजकर्ताले तपाइँसँग सल्लाह पनि गर्नुहुनेछ । यसबाट तपाइँका र तपाईँका सहकर्मीको लागि कुन कुराले राम्रो काम गर्छ भन्ने तय गर्नेछ ।
तपाईंले कोर्षका सबै क्रियाकलापहरुमा सहभागी हुने प्रयास गर्नुपर्छ । यदि तपाईंलाई केहि कुरा स्पष्ट भएको छैन भने , तपाईंले यो कोर्षमा सहभागी अन्य विद्यालयका अगुवाहरूलाई वा तपाईंको सहजकर्तालाई सोध्न सक्नुहुन्छ ।
प्रत्येक खण्डमा स्रोत क्षेत्र र सहजकर्ताहरूको लागि टिप्पणीहरू पनि राखिएको छ ।