Course Introduction

Site: NIC HUB
Course: GPE KIX परियोजनाको साझेदारीमा काठमाण्डौ विश्वविद्यालयद्वारा विद्यालय अगुवाहरूका लागि व्यावसायिक शिक्षा स्रोतहरू
Book: Course Introduction
Printed by: Guest user
Date: Sunday, 25 October 2026, 2:31 PM

परिचय

विद्यालयहरूमा समता र समावेशीकरणसँग सम्बन्धित बुझाई र अभ्यासमा सुधार गर्ने उद्देश्यले तयार गरिएको  कोर्षमा तपाईँलाई स्वागत छ ।

 

यो कोर्ष तपाईँ र तपाईँको विद्यालयका सहकर्मी र  अगुवाहरूलाई विद्यालयमा समावेशीकरणसँग सम्बन्धित मुद्दाहरू अन्वेषण गर्न र समावेशी अभ्यासतर्फ अघि बढ्नको लागि  आपसमा सहकार्य गर्दै काम गर्न सहयोग गर्ने एक स्रोत सामग्री  हो ।

यो कोर्षले तपाईंलाई क्रमबद्ध रुपमा  काम गर्नका लागि मार्गदर्शन गर्दछ । यो विद्यालयमा आधारित निरन्तर सुधार पद्धति हो । यसमा तपाइँको विद्यालयका ससाना समस्यामा आधारित भएर त्यससँग सम्बन्धित साना परिवर्तनहरूको लागि योजना बनाउने, कार्यान्वयन गर्ने र  त्यसको मूल्याङ्कन गर्ने तरीका समावेश छ ।

यो कोर्षका लक्षित समूहमा  • प्रधानाध्यापक

• सहायक प्रधानाध्यापक

• बिद्यालय ब्यबस्थापन समिति (बिब्यस) अध्यक्ष/शिक्षक अभिभावक संघ अध्यक्ष

• सरोकारवाला साझेदार जस्तै स्कूल अगुवाहरूसँग काम गर्ने गैसस

• नगरपालिका/गाउँपालिकाका शिक्षा अधिकारीहरु

 

यो कोर्ष (पाठ्यक्रम) काठमाडौं विश्वविद्यालयले GPE-KIX अन्तर्गत समता र समावेशीतातर्फ स्कूल अगुवाहरू परियोजनाको लागि तयार  गरेको हो । यो परियोजनाले अफगानिस्तान, नेपाल र पाकिस्तानका साझेदारहरूमार्फत शिक्षकहरूसँग काम गरिरहेको छ । परियोजना बारे थप जानकारी यो  लिङ्कमा https://dlrlab.ku.edu.np/nic/ उपलब्ध छ ।


किन?

हामी सबैलाई थाहा छ, नेपाल र विश्वभरि ठूलो संख्यामा गुणस्तरीय शिक्षामा पूर्ण रूपमा सहभागी हुन नसकेका विद्यार्थीहरु छन् । यी बिद्यार्थीहरूमा खासगरी छात्राहरू, अपाङ्गता भएका बालबालिका, विभिन्न कारणले विस्थापित बालबालिका, अल्पसङ्ख्यक  तथा जनजाति समूहका बालबालिका, दुर्गम ग्रामीण क्षेत्रका बालबालिका र चरम गरिबीमा रहेका बालबालिकाहरू पर्छन् ।

शिक्षाको पहुँचबाट बञ्चित यस्ता बालबालिकाहरुको  समस्यालाई सम्बोधन गर्नु शिक्षामा संलग्न हामी सबैको लागि तत्कालको प्राथमिकता हो । नेपाल सरकारले विद्यालयमा समावेशीकरण सम्बन्धी  नीति त ल्याएको छ, तर शिक्षामा समानता हासिल गर्नका लागि नीतिगत प्रयासहरू मात्र पर्याप्त छैनन् । यसका लागि विद्यालय र स्थानीय तहमा थप पहल पनि आवश्यक छ । तपाईं जस्ता विद्यालयका अगुवाहरूले यस  कार्यमा  महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ । यदि तपाइँ समुदायमा सँगै काम गर्नुहुन्छ भने तपाइँले अझ प्रभावकारी भूमिका निर्वाह सक्नुहुन्छ।

 

यस  परिचय खण्डमा, तपाईं निम्न कुरामा परिचित हुनुहुनेछ

•  यो कोर्ष  केसँग सम्बन्धित  छ ?

·     कोर्षबाट हासिले हुने उपलब्धिहरू

•  कोर्षको सिकाइ प्लेटफर्म

•  तपाईंले तयार गर्ने सिकाइ प्रोफाइलको उद्देश्य

•  यो कोर्षले  कसरी काम गर्नेछ?

•  यो कोर्ष सबै सहभागीहरूका लागि कसरी सहजै पहुँचयोग्य छ ?


यो कोर्ष केसँग सम्बन्धित छ?

यो कोर्ष विद्यालयकाअगुवाहरूको लागि एक स्रोत सामग्री हो । विद्यालयमा समावेशीता प्रवर्द्धन गर्न  र अभ्यासहरूमा सुधार गर्न यसले नवप्रवर्तनको दृष्टिकोण राखेको छ । यसले तपाइँलाई  योजना बनाउन र कार्यान्वयन गर्न आवश्यक सीप विकास गर्न मद्दत गर्न गर्नेछन । यसले तपाइँलाई विद्यालय स्तरमा गर्नुपर्ने  व्यवहार परिवर्तनमा तपाइँको सीप र आत्मविश्वास विकास गर्न मद्दत गर्नेछ । तपाईंले यो कोषका  आधारमा आफ्नै योजनाहरू बनाउनुहुनेछ । यो व्यवहार परिवर्तन गर्ने काम  तपाईंका सबै विद्यार्थीहरूका लागि थप समावेशी बनाउनमा केन्द्रित छ ।

यसबाट तपाइँले के सुधार गर्नुपर्दछ र त्यो सुधार  कसरी गर्नुपर्छ भन्ने बारेमा तयारी  चरणबद्ध निर्देशनहरू दिदैंन तर  यसको सहयोगले तपाईँ ती कामहरु गर्न सक्नुहुन्छ ।


उद्देश्यहरू

•  विद्यालयका अगुवाहरूलाई विद्यालयमा समता र समावेशी अभ्यासको बारेमा विस्तृत रुपमा परिचय गराउने

•  विद्यालयका अगुवाहरूलाई उनीहरूको आफ्नै  सन्दर्भमा समावेशीकरणसँग सम्बन्धित समस्या तथा मुद्दाहरू कसरी विश्लेषण गर्ने भन्ने बारे मार्गदर्शन प्रदान गर्ने

•  विद्यालयका अगुवाहरूको सञ्जालमार्फत समुदायका विभिन्न गतितबिधिमा सहजीकरण गर्ने

•  विद्यालयका अगुवाहरूलाई उनीहरूको विद्यालयमा समावेशी अभ्यासमा सुधार र परिवर्तन गर्नेका लागि साना-साना योजनाहरु परीक्षण गर्न सहयोग गर्ने

•  विद्यालयका अगुवाहरुमा समावेशी अभ्यासतर्फ कसरी अघि बढ्ने भन्ने बारेको उनीहरुको सोचाइ र दृष्टिकोण   परिवर्तन गर्न  सहयोग गर्ने ।


सिकाई उपलब्धि

यो कोर्ष पूरा गरेर, तपाईं निम्न काम गर्न सक्षम हुनुहुनेछ:


1.      तपाइँको विद्यालयमा बिद्यमान समावेशी मुद्दाहरूको दायरा पहिचान गररी त्यसले   तपाईँका सहकर्मी विद्यालय समुदायरविद्यार्थीको सिकाइलाई कसरी असर गरिरहेको छ भनेर व्याख्या गर्न,

2.      नेपालमा समावेशीकरणसँग  सम्बन्धित नीतिहरूको जानकारी लिन र त्यसको वर्णन गर्न

3.      आफ्नो विद्यालयमा भएका समावेशीकरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रयोग गर्न

4.      समावेशी र समानताको लागि मार्गदर्शन र समर्थन (स्थानीय र राष्ट्रिय) को स्रोतहरू पहिचान गर्न

5.      विद्यालयमा समावेशीकरणका अभ्यासलाई बढावा दिन नयाँ कार्य/रणनीतिहरू प्रस्तुत गर्न

6.      ती कार्यहरूको उपयोगिताको मूल्याङ्कन गर्नु र कार्य जारी राख्ने वा परिवर्तन गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न

7.      साथीहरूसँग सञ्चार गर्न, विषयसँग सम्बन्धित स्रोतहरू खोजी गर्ने , साथीहरूसँग आफ्ना अभ्यास र रणनीतिहरू साझेदारी गर्न तथा त्यसका लागि ICTs (डिजिटल प्रविधिहरू) प्रयोग गर्न ।


कोर्ष प्लेटफर्म

·     कोर्ष प्लेटफर्मको बारेमा जानकारी - अनलाइन र अफलाइन दुवै हुनेछ ।

·     स्रोत खण्डहरू सहित पाठ्यक्रम प्लेटफर्म मार्फत ब्राउज गर्न 10 मिनेट समय लिनुहोस् ।

·     तपाईंले यसमा भएका सामग्री हेर्न र सुन्न सक्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्न आफ्नो  अडियो साउन्ड र भिडियो प्रयोग गरी हेर्नुहोस् ।

·     स्रोत खण्डमा राखिएका  PDF फाइलहरु खोल्नुहोस् ।

·     केहि हाइपरलिङ्कहरू खोल्नुहोस्, र ती लिङ्कमा तपाइँ सजिलै जान सक्नुहुन्छ र प्रयोग गर्न सक्नुहुन्छ भन्ने  सुनिश्चित गर्नुहोस् ।


तपाईँको सिकाइ जर्नल (प्रोफाइल)

सिकाइ जर्नल (प्रोफाइल) एक व्यक्तिगत स्रोतसामग्री हो जुन तपाईंले यो कोर्ष अध्ययन गर्दा तयार  गर्नुहुनेछ । तपाईंले यसमा कोर्षमा भएका विशेष क्रियाकलापहरु र तपाईंको सिकाइ वा अवलोकनका लागि आफ्ना विचारहरू रेकर्ड गर्ने र त्यसलाई प्रयोग गर्नुहुनेछ। तपाईं कुनै पनि समयमा थप टिप्पणीहरू, सिकाइ र अवलोकनबाट प्राप्त भएका विषयहरु जर्नलमा थप्न सक्नुहुन्छ ।

सिकाइ जर्नलका लागि  एउटा नोटबुक,फोन वा ट्याब्लेटमा भएको डकुमेन्ट, वा  फोन वा ट्याब्लेटमा भएको अडियो फाइल जे पनि हुन सक्छ । तपाईंले आफ्नो सिकाइ जर्नल केमा र कसरी तयार गर्ने त्यो रोज्नुपर्छ र कोर्ष अवधिभर त्यसलाई प्रयोग गर्नुहोस्।

कोर्षको अन्त्यमा, तपाइँले यस पाठ्यक्रमबाट के सिक्नु भयो र तपाइँको विचार, अभिवृत्ति, सीप र व्यवहार कसरी परिवर्तन भएको हुन सक्छ भनेर समीक्षा गर्न तपाइँलाई तपाइँको सिकाइ जर्नलमा  फर्केर हेर्नुहुनेछ ।

 तपाइँको सिकाइ जर्नलमा कुन भाषा प्रयोग गर्ने आफै छनोट गर्न सक्नुहुन्छ । नेपाली वा अंग्रेजी वा तपाइँलाई सजिलो लाग्ने अन्य भाषा। यदि तपाईं चाहनुहुन्छ भने सिकाइ जर्नलमा चित्र वा फोटोहरू समावेश गर्नुहोस् । तपाईको सिकाइ जर्नल तपाईको लागि मात्र हो । तपाईंले के लेख्नु, कोर्नु वा भन्नु भएको छ कसैले देख्ने छैन, जबसम्म तपाईं यसलाई अरूसँग सेयर गर्नुहुन्न वा गर्न सहमत हुनुहुन्न ।

 सिकाई जर्नल को लागी कुन ढाँचा प्रयोग गर्ने आफै निर्णय गर्नुहोस् । यदि तपाइँ यसलाई कम्प्युटर, ल्यापटप, ट्याबलेट वा मोबाइलमा बनाउनुहुन्छ भने, तपाइँ यसलाई प्रयोग गर्दा प्रत्येक पटक सेभ गर्न नबिर्सनुहोस्।

अब तपाइँले  सिकाइ जर्नलमा केही कुरा लेख्न 10 मिनेट समय लिनुहोस् । मिति र के विषयमा लेख्दै हुनुहुन्छ, शीर्षक समावेश गर्नुहोस्, जस्तै यो कोर्षमा मेरो व्यक्तिगत उद्देश्यहरू ।

अब यी प्रश्नहरूको जवाफ दिने प्रयास गर्नुहोस्।

• यो कोर्षबट तपाईंको भूमिकामा, के परिवर्तनको  आशा गर्नुहुन्छ?

• यो कोर्षबट तपाईं आफ्नो अध्ययन र अन्य विद्यालयका अगुवाहरूसँगको सहकार्यमा के सिक्ने आशा गर्दै हुनुहुन्छ?


कोर्षमा अघि बढ्नुहोस्

यो कोर्ष   विद्यालयका प्रधानाध्यापक,  शिक्षक र अन्य अगुवाहरूको सानो समूहसँग सञ्चालन गर्न डिजाइन गरिएको हो । यो एएटा व्यावहारिक कोर्ष हो । यसमा ८ खण्डहरू छन् । प्रत्येक खण्डमा पढाइ, क्रियाकलापहरु, र प्रतिबिम्बन समावेश छन् । यसमा  समुदाय र  अन्य विद्यालय अगुवाहरूसँग छलफल गर्ने अवसरहरू पनि छन् ।

प्रत्येक खण्डमा,  धेरै क्रियाकलापहरु छन् । यी मध्ये केही क्रियाकलापहरु तपाईं आफैले तपाईंको विद्यालयमै र अन्यत्र पनि गर्नुहुनेछ, यी तपाईंको लागि आफ्नै काम गर्ने समय र स्थानमा नै पूरा गर्न सकिन्छ । यी मध्ये केही क्रियाकलापहरु तपाइँलाई तपाइँको सिकाइ जर्नलमा अवलोकन वा प्रतिबिम्बका रुपमा लेख्नुपर्नेछ ।  प्रत्येक खण्डमा करिब ५-६ घण्टा लाग्ने क्रियाकलापहरु छन्, त्यसैले  प्रत्येक खण्डका क्रियाकलापको लागि २ हप्ताको समय छुट्टाइएको छ ।

कोर्षका अन्य  क्रियाकलापहरु NIC मा तपाईंका साथीहरूसँग सञ्चालन गर्न मिल्ने किसिमले निर्माण गरिएको छ । यो स्थानीय केन्द्रमा वा काठमाण्डौ विश्वविद्यालयमा व्यक्तिगत भेटघाट हुन सक्छ वा कुनै प्लेटफर्म प्रयोग गरेर अनलाइन पनि हुन सक्छ । यसका लागि तपाइँको सहजकर्ताले तपाइँसँग सल्लाह पनि गर्नुहुनेछ । यसबाट  तपाइँका र तपाईँका सहकर्मीको लागि कुन कुराले राम्रो काम गर्छ भन्ने तय गर्नेछ ।

तपाईंले कोर्षका सबै क्रियाकलापहरुमा सहभागी हुने प्रयास गर्नुपर्छ । यदि तपाईंलाई केहि कुरा स्पष्ट भएको छैन भने , तपाईंले यो कोर्षमा सहभागी अन्य विद्यालयका अगुवाहरूलाई वा तपाईंको सहजकर्तालाई सोध्न सक्नुहुन्छ ।

प्रत्येक खण्डमा स्रोत क्षेत्र र सहजकर्ताहरूको लागि टिप्पणीहरू पनि राखिएको छ ।


सहकार्य

प्रत्येक खण्डमा,  तपाइँका विचारहरू वा अनुभवहरू अन्य विद्यालयका सहकर्मीहरूसँग सेयर गर्न र उनीहरूले सेयर  गरेका कुराहरूमा टिप्पणी गर्न सक्नुहुनेछ र त्यो गर्नुपर्नेछ ।  तपाइँले तपाइँको विद्यालयमा समावेशिता सम्बन्धी साना समस्या समाधान गर्न एक अर्कालाई मद्दत गर्नुहुनेछ । यो सहकार्य https://mooc.ku.edu.np/nic/course/view.php?id=1 मा अनलाइन प्लेटफर्म मूडल मार्फत हुनेछ ।

अब, यो अनलाइन प्लेटफर्ममा जानुहोस्। तपाईं यसमा सजिलै जान सक्नुहुन्छ कि हुन्न भनि जाँच गर्नुहोस्। निम्न जानकारीको साथ पोस्ट तयार गर्नुहोस्:

- तपाईंको पहिलो नाम

- तपाईको भूमिका र तपाईले काम गर्ने विद्यालयको प्रकार

- तपाइँले तपाइँको विद्यालयमा कति लामो समया सम्म काम गर्नुभएको छ ?

- तपाईंको विद्यालयमा समावेशीकरणका मुख्य चुनौतीहरू के के हुन्?

- समावेशीकरणको सम्बन्धमा तपाइँ तपाइँको विद्यालयमा के सुधार गर्न चाहानुहुन्छ ?

साथै,  अर्को विद्यालयका सहभागीको  पोस्टमा टिप्पणी गर्नुहोस् । उनीहरूलाई उनीहरूको पोस्टको बारेमा के मनपर्छ भन्नुहोस् वा उनीहरूलाई कुनै प्रश्न सोध्नुहोस् ।



मूल्याङ्कन

प्रत्येक खण्डमा, राखिएकामध्ये कुनै एक क्रियाकलापको मूल्याङ्कन गरिनेछ । यी मध्ये केही मूल्याङ्कन धेरै छोटो हुन्छन् (जस्तै बहुवैकल्पिक प्रश्नहरु) र अरूले केही समय लिनेछन्, उदाहरणका लागि, तपाइँलाई तपाइँको विद्यालयमा तथ्याङ्क सङ्कलन गर्न र विश्लेषण गर्न भनिएको हुनसक्छ ।

तपाईँले गरेको कामको पृष्ठपोषण सहित मूल्याङ्कनको अंक स्वचालितरुपमा आउन पनि सक्छ, तपाइँको सहजकर्ताले वा तपाइँका सहपाठीबाट पनि प्राप्त हुन सक्छ, र केहि अवस्थामा दुई वा बढीको मिश्रण पनि हुन सक्छ ।  यदि तपाईंले  मूल्याङ्कन हुने सबै क्रियाकलापहरु सफलतापूर्वक पूरा गर्नुभयो भने,  काठमाडौं विश्वविद्यालयबाट यो कोर्ष पूरा भएको प्रमाणपत्र प्राप्त गर्नुहुनेछ ।


सहजीकरण

यो कोर्षका पाठ्यबस्तु सिक्न 'शिक्षक' को आवश्यक्ता नपर्ने गरी तयार गरिएको छ तर कतै आईपर्ने स साना समस्यामा सघाउनको लागि सहजकर्ताको ब्यबस्था गरिएको   छ । प्रत्येक खण्डमा सहजकर्ताहरूको लागि छोटो टिप्पणीहरू पनि छन् ।

सहजकर्ताले

• कोर्ष मार्फत काम गर्न र ती कामहरू पूरा गर्न समूहलाई मार्गदर्शन र सहयोग गर्नुहुन्छ

• सबै सहभागीलाई क्रियाकलापमा योगदान गर्न र छलफलमा भाग लिन प्रोत्साहित गर्नुहुन्छ

• समूहलाई सिकाइमा केन्द्रित हुनर अगाडि बढ्न सघाउनु हुन्छ ।

 

'सहजीकरण' को अर्थ 'कामहरूलाई सजिलो बनाउनु' हो । यसले तपाईहरुलाई चरणवद्ध रुपमा अगघ बढ्न मद्दत गर्छ।

तपाईंको सिकाइ जर्नलमा, यी प्रश्नहरूको प्रारम्भिक जवाफहरू नोट गर्नुहोस् । तपाईंले आफ्नो समूहका अन्य विद्यालय सहभागीहरूसँग आफ्ना विचारहरूमा छलफल गर्नुहुनेछ ।

•  तपाईं आफ्नो सहकर्मी विद्यालयका अगुवाहरूसँग सानो समूहमा कसरी सहकार्य गर्न चाहनुहुन्छ - कहिले र कहाँ, र कति पटक? (कहाँ र कहिले इन्टरनेट पहुँच हुनेछ भन्ने बारे सोच्नुहोस्)

•  तपाईंको सहजकर्ता को हो? यदि तपाइँसँग समस्या छ भने तपाइँ तिनीहरूलाई कसरी सम्पर्क गर्नुहुन्छ ?

NIC को काम गर्ने संयन्त्र निम्नानुसार हुनेछ:

• एक NIC मा ७ विद्यालयका प्रमुखहरू

• १ स्थानीय सहजकर्ता जसले मुख्य शिक्षकहरू साथै सन्दर्भबारे जानकार हुनुहुन्छ ।

• १ नेशनल सहजकर्ता जो कुनै प्रकारको नेटवर्किङ सेटिङ ( Viber, viber, WhatsApp) द्वारा सबै सँग जोडिनु हुनेछ।

• प्रति महिना सबै NIC को १ वा २ बैठकहरू

•  NIC मा सबैका अनुभव सेयर गर्न र सहयोगको लागि उनीहरूको तालिका अनुसार भेट्न सक्छन् ।


पहुँच

• तपाईंले कोर्षका कुनै पनि पृष्ठहरू डाउनलोड र प्रिन्ट गर्न सक्नुहुन्छ।

• सबै अडियो-भिजुअलहरूमा ट्रान्सक्रिप्टहरू, उपशीर्षकहरू वा क्याप्शनहरू हुनेछन् ।

• सिकाइको नतिजाहरूको लागि महत्त्वपूर्ण रेखाचित्रहरूमा वर्णनात्मक पाठका स्पष्टीकरणहरू हुनेछन् ।