परिचय

तपाईँको सिकाइ जर्नल (प्रोफाइल)

सिकाइ जर्नल (प्रोफाइल) एक व्यक्तिगत स्रोतसामग्री हो जुन तपाईंले यो कोर्ष अध्ययन गर्दा तयार  गर्नुहुनेछ । तपाईंले यसमा कोर्षमा भएका विशेष क्रियाकलापहरु र तपाईंको सिकाइ वा अवलोकनका लागि आफ्ना विचारहरू रेकर्ड गर्ने र त्यसलाई प्रयोग गर्नुहुनेछ। तपाईं कुनै पनि समयमा थप टिप्पणीहरू, सिकाइ र अवलोकनबाट प्राप्त भएका विषयहरु जर्नलमा थप्न सक्नुहुन्छ ।

सिकाइ जर्नलका लागि  एउटा नोटबुक,फोन वा ट्याब्लेटमा भएको डकुमेन्ट, वा  फोन वा ट्याब्लेटमा भएको अडियो फाइल जे पनि हुन सक्छ । तपाईंले आफ्नो सिकाइ जर्नल केमा र कसरी तयार गर्ने त्यो रोज्नुपर्छ र कोर्ष अवधिभर त्यसलाई प्रयोग गर्नुहोस्।

कोर्षको अन्त्यमा, तपाइँले यस पाठ्यक्रमबाट के सिक्नु भयो र तपाइँको विचार, अभिवृत्ति, सीप र व्यवहार कसरी परिवर्तन भएको हुन सक्छ भनेर समीक्षा गर्न तपाइँलाई तपाइँको सिकाइ जर्नलमा  फर्केर हेर्नुहुनेछ ।

 तपाइँको सिकाइ जर्नलमा कुन भाषा प्रयोग गर्ने आफै छनोट गर्न सक्नुहुन्छ । नेपाली वा अंग्रेजी वा तपाइँलाई सजिलो लाग्ने अन्य भाषा। यदि तपाईं चाहनुहुन्छ भने सिकाइ जर्नलमा चित्र वा फोटोहरू समावेश गर्नुहोस् । तपाईको सिकाइ जर्नल तपाईको लागि मात्र हो । तपाईंले के लेख्नु, कोर्नु वा भन्नु भएको छ कसैले देख्ने छैन, जबसम्म तपाईं यसलाई अरूसँग सेयर गर्नुहुन्न वा गर्न सहमत हुनुहुन्न ।

 सिकाई जर्नल को लागी कुन ढाँचा प्रयोग गर्ने आफै निर्णय गर्नुहोस् । यदि तपाइँ यसलाई कम्प्युटर, ल्यापटप, ट्याबलेट वा मोबाइलमा बनाउनुहुन्छ भने, तपाइँ यसलाई प्रयोग गर्दा प्रत्येक पटक सेभ गर्न नबिर्सनुहोस्।

अब तपाइँले  सिकाइ जर्नलमा केही कुरा लेख्न 10 मिनेट समय लिनुहोस् । मिति र के विषयमा लेख्दै हुनुहुन्छ, शीर्षक समावेश गर्नुहोस्, जस्तै यो कोर्षमा मेरो व्यक्तिगत उद्देश्यहरू ।

अब यी प्रश्नहरूको जवाफ दिने प्रयास गर्नुहोस्।

• यो कोर्षबट तपाईंको भूमिकामा, के परिवर्तनको  आशा गर्नुहुन्छ?

• यो कोर्षबट तपाईं आफ्नो अध्ययन र अन्य विद्यालयका अगुवाहरूसँगको सहकार्यमा के सिक्ने आशा गर्दै हुनुहुन्छ?