Course Introduction
परिचय
किन?
हामी सबैलाई थाहा छ, नेपाल र विश्वभरि ठूलो संख्यामा गुणस्तरीय शिक्षामा पूर्ण रूपमा सहभागी हुन नसकेका विद्यार्थीहरु छन् । यी बिद्यार्थीहरूमा खासगरी छात्राहरू, अपाङ्गता भएका बालबालिका, विभिन्न कारणले विस्थापित बालबालिका, अल्पसङ्ख्यक तथा जनजाति समूहका बालबालिका, दुर्गम ग्रामीण क्षेत्रका बालबालिका र चरम गरिबीमा रहेका बालबालिकाहरू पर्छन् ।
शिक्षाको पहुँचबाट बञ्चित यस्ता बालबालिकाहरुको समस्यालाई सम्बोधन गर्नु शिक्षामा संलग्न हामी सबैको लागि तत्कालको प्राथमिकता हो । नेपाल सरकारले विद्यालयमा समावेशीकरण सम्बन्धी नीति त ल्याएको छ, तर शिक्षामा समानता हासिल गर्नका लागि नीतिगत प्रयासहरू मात्र पर्याप्त छैनन् । यसका लागि विद्यालय र स्थानीय तहमा थप पहल पनि आवश्यक छ । तपाईं जस्ता विद्यालयका अगुवाहरूले यस कार्यमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ । यदि तपाइँ समुदायमा सँगै काम गर्नुहुन्छ भने तपाइँले अझ प्रभावकारी भूमिका निर्वाह सक्नुहुन्छ।
यस परिचय खण्डमा, तपाईं निम्न कुरामा परिचित हुनुहुनेछ
• यो कोर्ष केसँग सम्बन्धित छ ?
· कोर्षबाट हासिले हुने उपलब्धिहरू
• कोर्षको सिकाइ प्लेटफर्म
• तपाईंले तयार गर्ने सिकाइ प्रोफाइलको उद्देश्य
• यो कोर्षले कसरी काम गर्नेछ?
• यो कोर्ष सबै सहभागीहरूका लागि कसरी सहजै पहुँचयोग्य छ ?