Course Introduction
परिचय
विद्यालयहरूमा समता र समावेशीकरणसँग सम्बन्धित बुझाई र अभ्यासमा सुधार गर्ने उद्देश्यले तयार गरिएको कोर्षमा तपाईँलाई स्वागत छ ।
यो कोर्ष तपाईँ र तपाईँको विद्यालयका सहकर्मी र अगुवाहरूलाई विद्यालयमा समावेशीकरणसँग सम्बन्धित मुद्दाहरू अन्वेषण गर्न र समावेशी अभ्यासतर्फ अघि बढ्नको लागि आपसमा सहकार्य गर्दै काम गर्न सहयोग गर्ने एक स्रोत सामग्री हो ।
यो कोर्षले तपाईंलाई क्रमबद्ध रुपमा काम गर्नका लागि मार्गदर्शन गर्दछ । यो विद्यालयमा आधारित निरन्तर सुधार पद्धति हो । यसमा तपाइँको विद्यालयका ससाना समस्यामा आधारित भएर त्यससँग सम्बन्धित साना परिवर्तनहरूको लागि योजना बनाउने, कार्यान्वयन गर्ने र त्यसको मूल्याङ्कन गर्ने तरीका समावेश छ ।
यो कोर्षका लक्षित समूहमा • प्रधानाध्यापक
• सहायक प्रधानाध्यापक
• बिद्यालय ब्यबस्थापन समिति (बिब्यस) अध्यक्ष/शिक्षक अभिभावक संघ अध्यक्ष
• सरोकारवाला साझेदार जस्तै स्कूल अगुवाहरूसँग काम गर्ने गैसस
• नगरपालिका/गाउँपालिकाका शिक्षा अधिकारीहरु
यो कोर्ष (पाठ्यक्रम) काठमाडौं विश्वविद्यालयले GPE-KIX अन्तर्गत समता र समावेशीतातर्फ स्कूल अगुवाहरू परियोजनाको लागि तयार गरेको हो । यो परियोजनाले अफगानिस्तान, नेपाल र पाकिस्तानका साझेदारहरूमार्फत शिक्षकहरूसँग काम गरिरहेको छ । परियोजना बारे थप जानकारी यो लिङ्कमा https://dlrlab.ku.edu.np/nic/ उपलब्ध छ ।