Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. क्रियाकलाप ३.२ तपाईको विद्यालयको अवलोकन: शिक्षण र सिकाइमा समावेशीता (विद्यालय क्रियाकलाप) (१.५ घण्टा)

क्रियाकलाप ३.२ तपाईको विद्यालयको अवलोकन: शिक्षण र सिकाइमा समावेशीता (विद्यालय क्रियाकलाप) (१.५ घण्टा)

Completion requirements

यहाँ दुई वैकल्पिक क्रियाकलापहरू छन् । तपाइँको विद्यालयको सन्दर्भमा जुन सजिलो हुन्छ, त्यही छनौट गर्नुहोस् । तपाईंले दुई क्रियाकलापहरु मध्ये एउटा गर्नु पर्नेछ । दुबै गर्न आवश्यक छैन तर गर्न पनि मिल्छ ।

यस क्रियाकलापबाट आएका तथ्याङ्कहरु सुरक्षित रूपमा राख्नुहोस् । तपाईंलाई पछिका क्रियाकलापहरुमा तिनीहरूको आवश्यकता पर्नेछ ।

पहिलो क्रियाकलाप:

तल समावेशी अभ्यासहरूको तालिका छ । तल दिइएक प्रश्नहरू पढ्नुहोस् । त्यसपछि समावेशी अभ्यासका क्षेत्रहरू मध्ये ३-४ वटा छान्नुहोस् । तपाईंले  छनौट गर्नुभएको प्रत्येक क्षेत्रको दृष्टिकोणबाट, आफ्नो विद्यालय वरिपरि अवलोकन गर्नुहोस् - यी "टिप्पणी/मूल्याङ्कन" स्तम्भमा नोट गर्नुहोस् । तपाईँको विद्यालयमा समावेशी अभ्यासको कार्यान्वयनको स्तरको आधारमा ५ मध्ये आफ्नो विद्यालयलाई समावेशी वातावरणमा अङ्क दिनुहोस् ।

तपाईँले यो क्रियाकलाप गर्न र जवाफहरू तुलना गर्न आफ्नो विद्यालयका अन्य शिक्षकहरूसँग पनि अन्तरक्रिया गर्न सक्नुहुन्छ ।

 

1 = यो लागू हुँदैन

2 = धेरै थोरै/नगण्य मात्रामा

3 = केही हदसम्म मिल्छ

4 = धेरै (लगभग सधैं अभ्यास) मिल्छ

5 = लागू हुन्छ र सधैं अभ्यास गरिन्छ

समावेशी अभ्यास

टिप्पणी/मूल्याङ्कन

(तपाईं आफ्नो समावेशी अभ्यास प्रमाणित गर्न यो खण्ड प्रयोग गर्न सक्नुहुन्छ)

५ मध्ये समावेश अंक

(आत्म मूल्याङ्कन)

 

विद्यालय वरपरको दृश्य विविधता:

-       विद्यालयमा कस्ता कस्ता दृश्य चित्रहरु प्रयोग भइरहेका छन्? के तिनीहरू समुदायका विविधताका प्रतिनिधि हुन् ? के तिनीहरूमा पुरुष, महिला, अपाङ्गता भएका व्यक्तिहरू, विभिन्न जातीय पृष्ठभूमिका मानिसहरू पनि समावेश छन् ?

-       के त्यहाँ कुनै लोगो, तस्विर वा अन्य चित्रहरू छन् जुन अपमानजनक वा कसैलाई दुःख लाग्ने खालका छन् वा त्यस्तो सम्भावना हुन सक्छ ? यस्ता चीज छन भने हटाउन सकिन्छ? यदि सकिन्न भने, किन सकिन्न र यसका नकारात्मक प्रभावलाई कम गर्न के गर्न सक्नुहुन्छ ?

 

 

तपाईँको विद्यालयमा भाषिक अभ्यासहरू:

-       कक्षाकोठामा बोलिने भाषाले समुदायको विविधतालाई ध्यानमा राख्छ?

-       के कक्षाकोठाका सबै विद्यार्थीहरूले बुझ्न सक्ने भाषामा पढाइन्छ र  सोही अनुसार सामग्री प्रयोग गरिन्छ ?

-       के त्यहाँ कुनै शब्दहरू, वाक्यांशहरू, उद्धरणहरू, जोक, वा अन्य विवरण प्रयोग गरिएका छन् जुन गलत पनि बुझ्न सकिन्छ, वा जातीय, धार्मिक, सामाजिक रुपमा आपत्तिजनक रूपमा बुझ्न सकिन्छ?

-       के विद्यार्थीहरूलाई आफ्नो मातृभाषामा अभिव्यक्ति वा संवाद गर्न अनुमति छ?

 

 

 

कक्षाहरूमा हुने समूह कार्य:

-       के कक्षाका समूह कार्य क्रियाकलापहरु विविधतालाई प्रोत्साहन र सुविधा दिने खालका छन्?

-       विद्यार्थीहरूको समूहहरू जनसांख्यिकीय रूपमा विविध छन् (जस्तै लैङ्गिक, जातीय, शैक्षिक र सामाजिक पृष्ठभूमिहरू) सुनिश्चित गर्न कुन प्रक्रियाहरू प्रयोग गरिन्छ ?

-       छात्राहरूले समूह/कक्षा क्रियाकलापहरुमा संलग्न हुने कुरा कसरी सुनिश्चित गरिन्छ ?

-       के सबै विद्यार्थीहरूले आफ्ना बिचारहरु प्रस्तुत गर्न सहज महसुस गर्छन् ? (सरल तरिकाले गर्छन नभन्नुस, समालोचनात्मक रुपमा अध्ययन गर्नुस् । केही विद्यार्थीलाई सोध्नुस् ।)

-       के कक्षाकोठामा भएका क्रियाकलापहरुले विभिन्न समुदायका विद्यार्थीहरूलाई उनीहरूको दृष्टिकोण र बुझाइ प्रस्तुत गर्न प्रोत्साहन मिल्छ ?

 

 

सबै विद्यार्थीको सिकाइमा सुधार:

- कक्षामा विद्यार्थीहरू कसरी बस्छन् ? अगाडी र पछाडी को र  कुन विद्यार्थीहरू बस्छन् वा विद्यार्थीहरू अगाडि बस्न पालैपालो गर्छन् ?

- शिक्षकहरूले प्रश्न सोध्दा कसलाई सम्बोधन गर्छन् ? के तिनीहरूले नियमित रूपमा सबै विद्यार्थीहरूलाई कक्षामाका क्रियाकलापमा समावेश गराउछन ?

- के शिक्षकहरूले सबै विद्यार्थीहरूलाई सिकाइ सामग्रीमा पहुँच भएको सुनिश्चित गर्छन् ?

-        यदि सबै विद्यार्थीहरूले दिएको काम बुझ्न वा पूरा गर्न कठिनाइ महशुष गरिरहेका छन् भने के विद्यार्थीहरूले कक्षाकोठामा मद्दत पाउँछन् ? उनीहरूले शिक्षकबाट कसरी मद्दत पाउन सक्छन् ? के सबै विद्यार्थीहरूले शिक्षकहरूलाई सहयोगको लागि सोध्न सक्छन् ? के त्यहाँ अन्य विद्यार्थीहरू वा शिक्षकहरू वा विद्यालय कर्मचारीहरूद्वारा कुनै वर्ग-समूहका  विद्यार्थीहरूको प्रति कुनै पूर्वाग्रह र भेदभाव राखेको देखिन्छ ?

 

 

विद्यालय नीति र अभ्यास

-       के तपाइँको विद्यालयको भर्ना सम्बन्धी मापदण्डले विद्यार्थीहरूलाई उनीहरूको सामाजिक-आर्थिक वा जातीय पृष्ठभूमिको कारण कुनै विद्यार्थी छुट्टीदैन भनेर सुनिश्चित गर्दछ ?

-       के अल्पसंख्यक समूहहरू तपाईँको विद्यालयका विभिन्न समितिहरू (SMC/PTA/बल क्लब) मा औपचारिक रूपमा प्रतिनिधि गरेका हुन्छन् ?

-       विद्यार्थीहरू अनुपस्थित हुने र विद्यालय छिट्टै छोड्ने जोखिममा हुँदा विद्यार्थीहरू र उनीहरूका परिवारहरूसँग संवाद प्रक्रियाहरू तपाईंको विद्यालयमा हुने गरेका छन् ?

-       गरिबी र सामाजिक बहिष्कारणको अनुभव गरिरहेका विद्यार्थीहरूका लागि तपाईंको विद्यालयमा विशेष कोर्षहरू वा परामर्श सेवा उपलब्ध छन् ?

-       के तपाइँको विद्यालयका सबै विद्यार्थीहरू, सीमान्तकृत पृष्ठभूमिकाहरू विद्यार्थीसँगै विद्यालयसँग सम्बन्धित अतिरिक्त खेल कृयाकलापहरुमा सहजै संलग्न हुने अवसर छ ?

-       के विद्यालयमा गरिब तथा कमजोर वर्गका बालबालिकाहरुका लागि लागि थप र नि:शुल्क विद्यालय खाजा उपलब्ध छ ? (सरकारले उपलब्ध गराएको अतिरिक्त)

-       के तपाईँको विद्यालयमा कमजोर आर्थिक अवस्थाका बालबालिकाहरुका लागि निःशुल्क पाठ्यपुस्तकहरू र अन्य स्टेशनरी तथा सिकाइ सामग्रीहरू उपलब्ध छन् ?

-       के विद्यालय स्तरमा, घरबारविहीन बालबालिका वा अस्थायी आवासमा बस्ने बालबालिकाको लागि विद्यालय हाँजिरी र विद्यालयमा हुने सहभागितालाई सहयोग पुर्‍याउने रणनीतिहरू छन्?

 

 

 

 

 

 

 

अभिभावकको संलग्नता र पारिवारिक सहयोग:

-       मानसिक स्वास्थ्य समस्याहरू, लैङ्गिक समस्याहरू, अपाङ्गता भएका बाल बालिका र विद्यालयमा नियमित उपस्थित हुन नसक्ने अवस्थाका विद्यार्थीहरूको सम्बन्धमा के तपाईँको विद्यालयले सम्बन्धित परिवारहरूसँग छलफल गर्ने गरेको छ ?

-       तपाईँको विद्यालयमा अभिभावकको संलग्नताका लागि विशेष ब्यक्तिहरु (जस्तै शिक्षकहरू) छुट्याइएको छ वा जिम्मेवारी दिइएको छ ?

-       के अभिभावकहरूलाई विद्यालय भवनमा भेट्न कुरा गर्न छुट्टै कोठा/ठाउँ छुट्याइएको छ?

-       के तपाईको विद्यालयमा, अभिभावकहरूलाई निर्णय प्रक्रियामा संलग्न हुन प्रोत्साहित गरिन्छ ? (कुन कुन निर्णयमा को ?)

 

 

 

 यो क्रियाकलाप गर्दा के के उपलब्ध थियो वा थिएन र यो परीक्षणले कति समय लियो भन्ने बारेमा संक्षेपमा केही टिपोटहरू बनाउनुहोस् र जर्नलमा लेख्नुहोस् ।


वैकल्पिक दोस्रो क्रियाकलाप

तपाईँले कक्षाकोठा अवलोकन गर्नको लागि एउटा कक्षा वा शिक्षकलाई छान्नुहुन्छ । शिक्षकलाई बताउनुहोस् कि तपाईंले उहाँहरुको ब्यक्तिगत मूल्याङ्कन गरिरहनुभएको छैन । तपाइँले केवल अवलोकन मात्र गर्दै हुनुहुन्छ र कक्षाकोठा समावेशीताबारे उहाँहरुका विचारहरू सङ्कलन गर्दै हुनुहुन्छ ।

तपाईँले पहिले नै कक्षाकोठा अवलोकनहरू गर्न सक्नुहुन्छ र पृष्ठपोषणको खाका बनाउन सक्नुहुन्छ । यस अवस्थामा, शिक्षकलाई बताउनुहोस् कि यो तपाइँको समावेशीताको सँधैको भन्दा फरक अवलोकन हो ।

तपाईँले कक्षाकोठा अवलोकन गर्नु अघि, तपाईं यससँग परिचित हुनको लागि अवलोकन रुजुसुची पढ्नुहोस् । वा यसलाई प्रिन्ट गर्नु होस् वा यसलाई आफ्नो ट्याब्लेटमा राख्नुहोस् ।

 

कक्षाकोठा समावेश अवलोकन चेकलिस्ट

कक्षा: ________________

 

कुल विद्यार्थीहरू:            छात्र: ______; छात्रा: _____

विद्यार्थीहरू कसरी बस्छन् भन्ने विवरण (जस्तै पङ्क्ति/समूह/जोडीहरूमा)। तपाईँले कक्षाकोठाको ले आउटलाई छुट्टै पानामा कोर्न सक्नुहुन्छ ।

 

समावेशी शिक्षण रणनीतिहरू

यदि अवलोकन गरिएको छ भने चिन्ह लगाउनुहोस् र छैन भने छैन लेख्नु होस ।  

टिप्पणी गर्नुहोस्

पूरै कक्षालाई पढाउने

कक्षाकोठामा बस्ने ठाउँमा कुनै बाधाहरू छैनन्

 

 

पाठको संरचना र उद्देश्यहरूसँग सबै विद्यार्थीहरू परिचित छन्

 

 

शिक्षकले विद्यार्थीले शब्दावली र निर्देशनहरू बुझे नबुझेको लागि जाँच गर्दछन्

 

 

निर्देशनहरू सम्झिन सहयोग चाहिने विद्यार्थीहरूको लागि अलगै रणनीतिहरू छन्

 

 

विद्यार्थीहरूले सुनिरहेका छन् भनी सुनिश्चित गर्न प्रयोग गरिएका प्रश्नहरू

 

 

विद्यार्थीलाई प्रतिक्रिया दिनका लागि समय दिइएको छ (सोच्ने समय, बताउने समय आदि)

 

 

विद्यार्थीहरूले एकअर्कालाई मद्दत गर्ने समय र अवसर पाउँछन्

 

 

जोडी, र समूह कार्यको लागि सघाउने ब्यक्तिको ब्यबस्था गरिन्छ

 

 

आवश्यक भएमा अन्तरक्रियात्मक मद्दत पनि गरिन्छ

 

 

दृश्य, सुन्ने र र  छुन मिल्ने सबैखालका सामग्रीहरु प्रयोग गरिन्छ

 

 

आवश्यक पर्ने विद्यार्थीहरूलाई कक्षापूर्व- र पछि पनि मद्दत दिइयो

 

 

शिक्षकले सबै विद्यार्थीले सिकाइ हासिल गरे नगरेको सुनिश्चित गर्छन् वा अब अगाडि बढ्ने तरिकाहरू सुझाव दिन्छन् ।

 

 

समूह र स्वतन्त्र कार्य

दिइएका कामहरू बुझ्नको लागि स्पष्ट रूपमा व्याख्या गरिएको वा नमुना दिइएको छ

 

 

काम गर्न विभिन्न सामग्री र स्रोतहरू उपलब्ध छन् र सबै विद्यार्थीहरूको लागि पहुँचमा छन्

 

 

विद्यार्थीहरूलाई उनीहरूलाई कठिनाइ भएको बेला के गर्ने भनेर रणनीतिहरू सिकाइएको छ

 

 

दिइएका कामहरु पहिले वा पछिको सिकाइसँग जोडिएका छन्

 

 

आवश्यक पर्ने विद्यार्थीहरूको लागि कामहरू सरलीकृत/सरलीकरण वा विस्तारित गरिन्छन्

 

 

विद्यार्थीहरूलाई पाठ बुझ्नका लागि चाहिने मद्दत वा सामग्री उपलब्ध छ

 

 

विध्यार्थीहरूको समूहमा भएको विविधताको कारण विद्यार्थीहरूले एकअर्काको सीपहरू प्रयोग गर्न सक्छन्

 

 

उपयुक्त व्यवहारको प्रशंसा गरिन्छ र पुरस्कृत गरिन्छ

 

 

सिकाइ मूल्याङ्कन गरी पाठअनुसार सुधार गर्नका लागि समयमै प्रभावकारी तरिकाहरुको प्रयोग गरिन्छ

 

 

विद्यार्थीहरूलाई काममा सरिक रहन मद्दत गरिन्छ

 

 

विद्यार्थीहरूले आफ्नो काम अरूलाई बुझाउन सक्छन्

 

 

 

अवलोकन पछि, तपाइँको सिकाइ जर्नलमा निम्न प्रकारहरूको जवाफहरू नोट गर्न र अर्को बैठकमा अरु शिक्षकसँग सेयर गर्न तयारी गर्नुस्:

-       धेरै राम्ररी भइरहेको कुराहरु

-       सुधार गर्न सकिने कुराहरू

-       शिक्षण र सिकाइका समावेशी तत्वहरू सुधार गर्न सुझावहरू (२-३ मात्र)

 

 शिक्षकसँग यी विषयहरु आदान प्रदान गरिसकेपछि, NIC समुहमा तपाइँका सहकर्मी विद्यालय अगुवाहरूसँग शिक्षकहरूसँग प्रत्यक्ष रूपमा संबन्ध राख्ने चुनौतीहरू र यस तथ्याङ्कको संवेदनशीलता बारे छलफल गर्न सक्नुहुन्छ।

 

अन्य सम्भावित क्रियाकलापहरु:

आफ्नो विद्यालयमा समावेश गर्ने बारे थपकुरा जान्नको लागि तपाईंले थप कृयाकलापहरु गर्न सक्नुहुन्छ । तल केही उदाहरणको रुपमा दिइएका छन्

-       शिक्षक, कर्मचारी र विद्यार्थीहरूसँग सामूहिक छलफल;

-       प्रमुख सरोकारवालाहरू (SMC/बोर्ड, शिक्षक-अभिभाबक, स्थानीय तहका अधिकारीहरू) सँग एक-एक गरी अन्तर्वार्ता;

-       अभिभावकहरूसँग सर्वेक्षण

-       संझनुहोस् यो एक संवेदनशील मुद्दा हो । एक शोधकर्ताको रूपमा तपाईंले सुनिश्चित गर्नुपर्छ कि सबै सहभागिता स्वैच्छिक छ र तपाईंले सबै प्रतिक्रियाहरू गोप्य गर्नुहुन्छ ।

 

आशा छ कि तपाईँको विद्यालयमा समावेशीकरणमा गहिरो रूपमा हेर्ने अभ्यासले तपाईलाई नयाँ विचार र नयाँ अन्तर्दृष्टि दिएको छ । तथ्याङ्कबाट तपाइँको विद्यालयमा समावेशी अवस्था र चुनौतिहरु बारे थप जान्न सक्नुहुन्छ । समबेशीता बढाउन थप कारबाही आवश्यक पर्दा के गर्ने बारे भन्ने सोच्न सुरु गर्नुहोस् ।


  • क्रियाकलाप ३.docx क्रियाकलाप ३.docx
    24 October 2026, 5:25 PM
You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle