खण्ड ३: परिचय
तपाईँको विद्यालयमा समावेशी अभ्यासबारे खोजी गर्दा, कक्षाकोठामा केके क्रियाकलापहरु हुन्छन् र विद्यालयको पढाईमा नियमित भएका र विद्यालय छाड्ने बिद्यार्थीहरुको तथ्याङ्क पनि हेर्नु महत्त्वपूर्ण हुन्छ । यस खण्डमा तपाईँले आफ्नो विद्यालयमा शिक्षण सिकाईका अभ्यासहरूलाई राम्रो सँग हेर्नुहुनेछ। यी अभ्यासहरुलाई नियालेर हेर्दा तपाईँ निकै संवेदनशील हुनु पर्दछ। तपाईँले शिक्षकहरूको मूल्याङ्कन गर्नु हुने छैन, तर विद्यार्थीहरूको अनुभवहरूको जानकारी पनि लिदै हुनुहुन्छ ।
सिकाई उपलब्धि
यस खण्डको अन्त्यमा तपाईँ निम्न कुरा गर्न सक्षम हुनुहुनेछ:
· समावेशी वातावरण भएको विद्यालयबाट के अपेक्षा गर्ने भनेर वर्णन गर्न
· विद्यार्थी समावेशीताबारे आफ्नो विद्यालयको अवलोकन गर्न
· विद्यालयबाट सङ्कलन गरिएको समावेशीता सम्बन्धी तथ्याङ्कको विश्लेषण गर्न र यसलाई अर्थपूर्ण रूपमा प्रस्तुत गर्न