२.२ समावेशीता परीक्षण प्रक्रिया
तथ्याङ्क सङ्कलन विभिन्न विधिहरुको प्रयोगबाट गर्न सकिन्छ जस्तै सर्वेक्षण, रिपोर्ट, लगबुक । यो तथ्याङ्क सङ्कलन गर्ने प्रक्रिया नै आफैमा एक परीक्षण कार्य हो ।
समावेशीता परीक्षण भन्नाले समावेशीता बारे निर्णय लिन तथ्याङ्कलाई सङ्कलन र अध्ययन गर्न मद्दत गर्ने एउटा साधन र प्रक्रिया हो ।
तपाईंले यो क्रियाकलापमा आफ्नो र आफ्ना विद्यालयको परीक्षण गर्नुहुनेछ र आएको जानकारीलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्नुहुन्छ । यदि तपाईलाई केहि निष्कर्षहरू संवेदनशील छन् भन्ने लाग्छ भने तपाईले आफ्नो विद्यालयका स्टाफसँग वा समूहका परीक्षणका ती निष्कर्षहरु सेयर नगर्न पनि सक्नुहुन्छ ।
यो परीक्षणमा तपाईंले आफ्ना विद्यार्थीहरूको बारेमा भर्नु पर्ने खण्डहरू :
· लिङ्ग
· उपस्थिति दर
· स्कुल छोड्ने दर
· अपाङ्गता सम्बन्धी विवरण
· सामाजिक आर्थिक पृष्ठभूमि
· भाषिक विवरण
तपाईंले परीक्षण गर्दा आफ्नो विद्यालयसँग सान्दर्भिक हुने विषयहरु मात्र छनोट गर्नुहोस् र कुनै धेरै नै सान्दर्भिक विषय छुटेको भए थप गर्न सक्नुहुनेछ ।