खण्ड २: परिचय
यो खण्ड तथ्याङ्कको बारेमा छ । यसले शिक्षामा समावेशीताका चुनौतिहरूलाई राम्रो संग बुझ्नका लागि तथ्याङ्क किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्न सहयोग गर्नेछ ।
यस खण्डका क्रियाकलापमा तपाईँले सक्रिया रुपमा
भाग लिनु हुनेछ । यसमा तपाईंले आफ्नै बारे
र आफ्नो
विद्यालयसंग संबन्धित जानकारीहरु खोज्नुहुनेछ । तपाईंले यस्तो काम पहिलो पटक गरेको पनि हुन
सक्छ वा तपाईँसंग यससम्बन्धि अनुभव पनि हुन सक्छ ।
हामी आशा गर्दछौं कि तथ्याङ्कमा आधारित अन्वेषणमार्फत
तपाईंको आफ्नै नेतृत्व सिपको लागि नयाँ जानकारी र दृष्टिकोण प्रदान गर्नेछ।
सिकाई उपलब्धि
यस खण्डको अन्त्यमा तपाईंले निम्न कुरा गर्न सक्षम हुनुहुनेछ:
· तपाइँको विद्यालयमा समावेशीता झल्किने गरी परिवर्तनको योजना बनाउने काममा तथ्याङ्कहरू कसरी प्रयोग गर्न सकिन्छ भनेर बताउन
· आफ्नो विद्यालयका विद्यार्थीहरूको समावेशीता सम्बन्धी थप विवरण र उनीहरुको सिकाइको अवस्था बारेमा नयाँ जानकारी फेला पार्न