समावेशीकरण भनेको कार्य र अभ्यासहरू समावेश गर्ने प्रक्रिया हो जसले विविधतालाई अँगालेको छ र प्रत्येक व्यक्तिसँग मूल्य र क्षमता छ 

र सम्मान गर्नुपर्छ भन्ने विश्वासमा उभिएको छ। (युनेस्को नीति पत्र ४३, सबै शिक्षकहरूलाई सबै विद्यार्थीहरूलाई पढाउनको लागि तयारी गर्ने, अक्टोबर २०२०)।

 

‘लिंग’ शब्दले मानिसले आफूलाई पुरुष वा महिलाको रूपमा कसरी चिनाउछ भन्ने संकेत गरे पनि समाजशास्त्रीय र विकास क्षेत्रमा लैङ्गिक 

अवधारणाले दुवैलाई समान रूपमा प्रस्तुत गर्दछ। शिक्षालगायत जीवनका धेरै क्षेत्रमा महिलाहरूमाथि विभेद हुने गरेकोले उनीहरूलाई 

नीति, योजना, अवसर र कृयाकलापहरुमा समानुपातिक रूपमा समावेश गरिनुपर्छ भन्ने तर्क छ।

 

 

अपाङ्गताहरू
"
अपाङ्गता भएका व्यक्तिहरूमा दीर्घकालीन शारीरिक, मानसिक, बौद्धिक वा संवेदनापरक कमजोरी भएका व्यक्तिहरू समावेश हुन्छन् 

जसले विभिन्न मनोवृत्ति र वातावरणीय अन्तरक्रियामा, र अरूसँग समान आधारमा समाजमा उनीहरूको पूर्ण सहभागितामा बाधा पुर्‍याउँछ।" - अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र महासन्धि (२००६)

 

साँच्चै समावेशी र बालबालिका केन्द्रित विद्यालयहरूले बालबालिकाको सिकाइमा भोग्ने बाधाहरू बालबालिकाको ‘कमजोरी; वा उनीहरूले घरमा बोल्ने भाषाको 'गल्ती' होइन, 

तर अपाङ्गता  भएका वा अल्पसंख्यक समूहका बालबालिकालाई समावेश गर्न नसक्नु विद्यालयहरूको असक्षमता हो।



Last modified: Friday, 13 January 2023, 3:37 AM