तपाईँले आफ्नो सुधार समुदायमा गर्नुभएको योगदान र यस कोर्सको खण्ड ८ सम्म आईपुग्नु भनेको एक उत्कृष्ट कार्य गर्नु हो । तपाईँले यस कोर्षको व्रmममा विद्यालय सुधारको लागि हालसम्म गर्नुभएका  प्रयास र नविन गतिविधिहरुले तपाईलाई नयाँ सीपहरु प्रदान गर्नुको साथै आफ्नो विद्यालयलाई समावेशी बनाउने एक उदाहरणीय अगुवाको रुपमासमुदायमा चिनाउन पक्कै पनि मद्धत गरेको छ भन्ने हामीले विश्वास गरेका छौ । 

यस खण्डमा तपार्इँले विद्यालयको समावेशी परीक्षण (School inclusion audit) र समावेशीताका प्रारम्भिक विचारहरु, साथै यो कोर्स अध्ययन गर्ने क्रममा आफ्ना सीपहरु र ज्ञानको विकास सम्बन्धी स्व–मूल्याङ्कन गर्नुहुनेछ । समावेशीकरणका चुनौतीहरुलाई पहिचान गर्न र त्यसलाई हटाउन र सुधारको  लागि काम गर्न यो नेटवर्क एक महत्वपूर्ण प्लेटफर्म हो । 

यो खण्डको अन्त्यमा तपाईँले निम्न लिखित सक्षमताहरु हासिल गर्नुहुनेछ;

● समावेशी प्रर्वधन गर्नको लागि तपाईँ र तपाईँको विद्यालयले अपनाएको समावेशीकरण सम्बन्धी गतिविधिहरुको पहिचान र वर्णन गर्नु हुनेछ ।

● तपाईको विद्यालयमा समावेशी मुद्दाहरुसँग सम्बन्धीत समस्याको थप सुधारको लागि क्षेत्र पहिचान र समावेशीको आवश्यकता स्थापित गर्नु हुनेछ ।

● सुधार चक्र पूरा गरेपछि समावेशीकरण सम्बन्धी तपाईको प्रारम्भिक विचार र पछिल्लो समयमा तपाईको ज्ञानलाई प्रतिबिम्बा वा महशुस  गर्नु हुनेछ ।

● सुधार चक्र लागू गर्दाको अनुभवबाट तपाईँको सीप, मनोवृत्ति र आत्मविश्वासमा भएका परिवर्तनहरुलाई प्रतिबिम्बन गर्नु हुनेछ ।

● तपाईले मूल्याङ्कन कार्यसंचयिका (assessment portfolio) को लागि प्रयोग गर्न चाहनुभएको कुनै पनि गतिविधिहरु चयन गर्नु हुनेछ ।



Last modified: Monday, 19 June 2023, 5:13 AM