क्रियाकलाप ७.१ दोस्रो चक्रमाकार्य गर्ने
यो केसलाई ध्यानपूर्वक पढ्नु होस् ।
सरिता अधिकारी प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । विद्यालयमा गरिरहेका व्रिmयाकलापबाट मात्र विद्यार्थीहरुको सिकाईमा खासै सुधार सम्भव नदेखिएपछि उनले एक फरक शैली अपनाएर गरेको प्रयासलाई ध्यान दिनुहोस् । विषेश गरेर उनले कक्षामा विद्यार्थीको नियमित उपस्थित हुनुपर्ने विषयलाई जोड दिइन् । एउटा सुक्ष्म समस्या यहाँ प्रस्तुत गरिएको छ ।
छात्राहरुको उपस्थितिबारे एक केस अध्ययन
सन्दर्भ/लक्ष्यः प्राथमिक विद्यालयकी प्रधानाध्यापक सरिताले अधिकारीले कक्षा पाँचका छात्राहरुको उपस्थितिमा समस्या देखिन् । उनले छात्राहरुको विद्यालयमा हुने अनियमिततालाई एक चुनौतीको रुपमा पहिचान गरिन् । यो समस्याको समाधान गर्ने उनको लक्ष्य रहेको छ ।
पहिलो चक्रः
योजना बनाउनेः उनले महिनाको अन्त्यमा सवैभन्दा बढी उपस्थिति हुने दुई छात्राहरुलाई “उत्कृष्ट उपस्थिति“ पुरस्कार दिने निर्णय गरिन् ।
कार्य गर्नेः उनले कक्षा पाँचमा अध्ययनरत विद्यार्थीका वर्ग शिक्षक (Class Teacher) लाई कक्षामा त्यो महिना उत्कृष्ट हाजिरी हुने विद्यार्थीको पहिचान गर्न लगाइन । समारोहमा सबै विद्यार्थीहरुलाई प्रेरणा प्रदान गर्ने हेतुले प्रोत्साहन स्वरुप विशेष प्रमाणपत्र दिने घोषणा गरिन् ।
अध्ययन गर्नेः उनले अघिल्लो महिनाको हाजिरी जाँच गरी हालको महिनासँग तुलना गरिन् तर थोरै फरक देखिन् । उनले उत्कृष्ट उपस्थिति भएका दुई विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिन् ।
कार्यान्वयन गर्नेः कक्षा पाँचका विद्यार्थीहरु र शिक्षकहरुसँग कुरा गरेपछि, सरिताले र कक्षा ५ का शिक्षकले संयुक्त रुपमा अर्को महिनापनि यस चक्रलाई दोहोर्याउने निर्णय गरे तर एउटा महत्वपूर्ण परिवर्तनको साथ । एक शिक्षकले अभिभावकहरुलाई प्रतियोगिताको बारेमा जानकारी दिन फोन गरेर उनीहरुलाई आफ्ना बच्चाहरुलाई एक महिनाको लागि हरेक दिन उपस्थित गराउन सहयोग गर्न आग्रह गरे । शिक्षकले अभिभावकहरुसँगको अन्तरक्रियामा केही छात्राहरु किन नियमित रुपमा विद्यालय आउँदैनन् भन्ने बारेमा थप जानकारी लिने प्रयास गरे । सरिताले आफ्नो यो प्रयासलाई विद्यालय व्यवस्थापन समितिको बैठकमा जानकारी गराउने कुरा सबै शिक्षकलाई वताइन ।
दोस्रो चक्रः
योजना बनाउनेः प्रधानाध्यापक सरिता अधिकारी र कक्षा पाँचका शिक्षकहरुले छात्राहरु कक्षामा नियमित उपस्थित हुन नसक्नुको कारणहरु बुझ्न चाहन्थे । यस पटक उनीहरुले आफ्नो उपस्थितिमा सुधार ल्याउने लक्ष्यलाई थप विशिष्ट बनाए । उनीहरुले अभिभावर्क बैठकको योजना तयार गरे र त्यसका लागि निमन्त्रणा गर्न सूची तयार पारे । धेरै उपस्थिति हुने छात्राको लागि पुरस्कारको अतिरिक्त उनीहरु कक्षाकोठाको वातावरण सुधार गर्न र यसलाई थप सिकाइ मैत्री बनाउन चाहन्थे जसले अन्तत विद्याथीहरुबीच नियमित उपस्थिति गराउन मद्धत पुग्नेछ ।
कार्य गर्नेः प्रधानाध्यापक सरिताले अभिभावकहरुसँग उनीहरुका बच्चाहरुलाई नियमित उपस्थित हुन विद्यालयले कसरी सहजीकरण गर्न सक्छ भनी सुझावहरु माग्नुभयो । अभिभावकहरुले दिएका सुझावलाई उनले बुँदागत रुपमा टिपोट गरे र यस परिस्थितिलाई सुधार्न अभिभावकको भूमिकाबारे पनि बैठकमा छलफल गराए ।
अध्ययनगर्नेः उनीहरुले विगत दुई महिनाको विद्यार्थी हाजिरीको अध्ययन गरे र चालू महिनाको अन्तिम हाजिरी अभिलेखसँग तुलना गरे । सरिताले विद्यार्थीहरुको उपस्थितिमा भएको सुधारले सिकाइ सुधार हुने देखिन । उनले आफ्ना शिक्षकहरुलाई सिकाइमैत्री कक्षाकोठाको वातावरण सिर्जना गर्न नगरपालिका शिक्षा शाखासँग समन्वय गरी तालिमको आयोजना गर्ने निधो गरीन । । सरिता र उनका शिक्षक कर्मचारीहरुले विद्यार्थीहरुलाई कक्षामा नियमितउपस्थित हुन कसरी सजिलो बनाउन सकिन्छ भन्नेबारे छलफल गरे ।
कार्य गर्नेः प्रधानाध्यापक सरिताले बैठकमा अभिभावकहरुसँग कुराकानी गरिन् र उनले कक्षामा छात्राहरुको उपस्थिति बढाउन सहयोग गर्न आग्रह गरिन् । उनले आफु र आफ्ना शिक्षकहरु विद्यालयमा उत्कृष्ट सिकाइ वातावरण उपलब्ध गराउन प्रतिबद्ध रहेको कुरा अभिभावकहरुलाई आश्वस्त पारिन् । उनले सोही विषयमा स्थानिय शिक्षा अधिकारीको सहकार्यमा साताव्यापी तालिमको आयोजना गरिन् । उनले विद्यालयका यस्ता गतिविधिहरु अभिभावकहरुको बैठकमा जानकारी गराइन् ।