परिचयः

यस खण्डमा तपाईले अर्को समावेशी चुनौतीलाई वा कुनै मौलिक चुनौतीलाई सम्बोधन गर्न वा केही फरक प्रयास गर्न अर्को सुधार चक्र (PDSA Cycle) मा कार्य गर्नुहुनेछ ।

हरेक पटक तपार्इँले सुधार चक्रप्रयोग गर्दै जाँदा यसको प्रक्रिया पनि सहज हुदै जान्छ । समावेशीसँग सम्बन्धित चुनौती छनोट गर्दा तपाईले सानो वा सुक्ष्म  चुनौती छनोट  गर्नुहोस् जसले तपाईलाई उक्त चूनौतिलाई समाधान गर्नको लागि विशेष तरिका वा दृष्टिकोण (Approach) को प्रयोग गर्न सहयोग मिल्छ । यसमा राम्रोसँग काम गर्नुभयो भने तपाईँले फरक सिकाइको अनुभव प्राप्त गर्न सक्नुहुनेछ ।  

यहाँ उल्लिखित केसको (Case) अध्ययनले तपाईँले पहिलो प्रयासबाट सिकेको कुराको आधारमा तपाईले  सुधार चक्र दोहो¥याउँदा सहजताका साथ वा फरक ढंगले कसरी गर्न सकिन्छ भन्ने उदाहरण देखाउन सक्नुहुनेछ । यस पटक नयाँ चुनौतिका कारणहरु पत्ता लगाएपछि तपाईले त्यसलाई समाधान गर्न योजनाहरु कसरी बनाउने र समायोजन कसरी गर्ने भन्नेबारेमा ध्यानकेन्द्रित गर्नुहुनेछ ।

सकाइ उपलब्धीहरु:

यो खण्डको अध्ययन पछी तपाईहरुले निम्नलिखित सक्षमताहरु हासिल गर्नुहुनेछ;

  • समावेशीकरणका चुनौतिहरुलाई सम्बोधन गर्नको लागि सुधार चक्रहरुलाई प्रयोगमा ल्याउन आवश्यक सीपहरुको विकास गर्नु हुनेछ ।
  • आफ्नो विद्यालयर समुदायमा समावेशीकरणबारे थप ज्ञान हासिल गर्न हुनेछ ।

Last modified: Sunday, 4 June 2023, 9:35 AM