खण्ड ६: परिचय
Completion requirements
खण्ड ६ मा हामी PDSA चक्रको ‘अध्ययन’ चरणमा ध्यान केन्द्रित हुनेछौ । अध्ययन चरणमा हामीले परिवर्तनहरुमा काम गरिसकेपछि के सिकाई भयो भन्ने बारेमा बुझ्नेछौ ।
सिकाई उपलब्धीहरु
यो खण्डको अध्ययन पछी तपाईहरुले निम्नलिखित सक्षमता हासिल गर्नुहुनेछ;
- तपाईँले कार्यान्वयन गर्नु भएको परिवर्तनको तथ्याङ्क सङ्कलन गरी तथ्याङ्कको विश्लेषण गर्न सक्षम हुनेछ ।
- विद्यालयमा तपाईँले गरिरहनु भएको परिवर्तनको कामलाई जारी राख्ने वा रोक्ने र अन्य केही प्रयास गर्ने भन्नेबारे निर्णय गर्न सक्षम हुनेछ ।
- यस कोर्सका अन्य सहभागीहरुले पहिचान गरेका ‘सुक्ष्म–समस्याहरु’ र उनीहरुले आफ्नो विद्यालयमा गरेकारभएको परिवर्तनहरुको प्रभावका बारेमा उनीहरुले गरेका अध्ययनको तरिकाबारे बुझ्नु हुनेछ ।
कुल समयः ४ घण्टा, ३ कृयाकलापहरु,
तपाईले आफ्नो विद्यालयमा गर्नु भएको परिवर्तनको कार्य निकै प्रशंसनीय छ । यो पक्कै पनि सजिलो कार्य होइन । अब हामी यो खण्ड ६ मा तपाईले परिवर्तनको काम गर्ने क्रममा संकलन गर्नुभएको तथ्याङ्कलाई विश्लेषण गर्ने तरिकाबारे बुझ्नेछौ ।
Last modified: Monday, 15 May 2023, 8:09 PM