खण्ड ५: परिचय
सिकाईका उपलाब्धी:
यो खण्डको अन्तिममा तपार्इँहरु निम्न कुराहरुमा सक्षम हुनुहुनेछ ः
- खण्ड ४ मा योजना गरे अनुसार स–साना सुधारहरुका लागि गर्नुभएको कामबाट नतिजा आएको अनुभव गर्नुहुनेछ ।
- तपाईँको पहलमा भएका सुधार र परिवर्तनका कामहरुको सूचना संकलन गर्न शुरु गर्नुहुनेछ ।
- परिवर्तन वा सुधारका लागि काम गर्नेे क्रममा तपार्इँले अनुभव गर्नुभएका चुनौतीहरुलाई प्रतिबिम्बित गर्नु हुनेछ र सोहि बमोजिम यस्तै काम गरेका अन्य सहपाठीहरुसँग सुधार भएका कुराहरु सुनाउनु हुनेछ ।
परिचय
यो खण्डमा तपार्इँले सूचना संकलन गर्दा अवलोकनको आधारमा गर्नु हुनेछ र सुक्ष्म परिवर्तनको लागि योजना बनाउने क्रममा तपाईँले पहिले नै योजना गरे अनुसार कै वा तपाईँले चाहे बमोजिमको अन्य काम गर्नु हुनेछ । यसका लागि तपाईँलाई दुई हप्ताको समय हुनेछ ।
यो खण्ड अन्य खण्डभन्दा तुलनात्मक रुपमा छोटो छ, किनभने यसमा तपाईको योजना (लक्ष्य) पूरा भएको कुरालाई सुनिश्चित गर्ने काम मात्र हुनेछ । तपाईँले यो खण्डको काम शुरु गर्नु अघि आफ्नो योजना सफलताको सुनिश्चितता गर्न किन महत्वपूर्ण छ भन्ने बारे बुझ्नु जरुरी हुन्छ । साथै शिक्षक वा अन्य समूहबाट तपाइँको योजनामा कसरी सहकार्य गर्ने सकिन्छ भन्ने बारे योजना बनाउनु महत्वपूर्ण हुनेछ ।
पहिलो कृयाकलापमा तपार्इँले सुधारको प्रयास गरिरहनु भएको सानो परिवर्तनकै काममा तपाईका विद्यालयका शिक्षक र अन्य कर्मचारी वा समुदायहरुलाई समावेश गरी उनीहरुसँग छलफल गर्नु हो ।