खण्ड ४: परिचय
सिकाइ उपलब्धीहरु
यो खण्डको अन्तिममा तपाईहरुले निम्न लिखित सक्षमता हासिल गर्नुहुनेछ;
- आफ्नो विद्यालय वा समुदायमा शैक्षिक समावेशीकरणसँग सम्बन्धित कम्तीमा पनि एउटा सूक्ष्म समस्या पहिचान गर्न सक्नुहुनेछ ।
- सुक्ष्म–समस्याको अन्तर्निहित कारणहरू र प्रभावहरू पत्ता लगाउन “समस्या वृक्ष” An Analytical tool) प्रयोग गर्न सिक्नुुहुनेछ ।
- तपाइँको विद्यालयमा समावेशीकरण सम्बन्धी अभ्यासमा सुधार कार्यहरूको योजना बनाउन ‘योजना–कार्य–अध्ययन–कार्यान्वयन’ (PDSA) चक्रको प्रयोग गर्न सक्नुहुनेछ ।
परिचयः
यस खण्डमा तपाईंले समावेशीकरणसँग सम्बन्धित सुक्ष्म समस्या को पहिचान गर्न सक्नुहुनेछ । पिडिएसए सुधार चक्रको प्रयोग मार्फत समावेशी अभ्यास वा प्रक्रियाहरुमा समस्याहरूको खोजी गर्ने र सुधार चक्रलाई एक साधनको रुपमा प्रयोग गरी अभ्यास गर्नुहुनेछ । उक्त साधनले तपाईँको विद्यालयलाई समावेशी बनाउनको लागि सुक्ष्म समस्याको पहिचान गरी सुधार गर्न लक्ष्यहरुलाई व्यवस्थित गर्न र अल्पकालीन योजनाहरू कार्यान्वयन गर्न सहयोग गर्दछ । समस्या वृक्षले सूक्ष्म–समस्याको अन्तर्निहित कारणहरू र प्रभावहरूको विश्लेषण गर्न मद्दत गर्दछ । ‘योजना–कार्य–अध्ययन–कार्यन्वयन’ चक्र (Plan-Do-Study-Act Cycle) तपाईको विद्यालयमा समावेशीकरणको अवस्थामा सुधार गर्नको लागी साना कार्यहरूको योजना बनाउन निकै उपयोगी साधन (tool) हो । त्यसैले पनि यो साधनलाई “सुधार चक्र” (Improvement cycle) भनिन्छ ।