क्रियाकलाप ३.४ तपाइँको NIC सदस्यहरुसंग समावेशीता अवलोकनबाट आएका कुराहरु तुलना गर्नुहोस्। (१ घण्टा)
यस क्रियाकलापमा, तपाइँ पहिलेको क्रियाकलापहरु २.२ र ३.२ मा अवलोकनहरूबाट आएका प्रमाणहरू प्रयोग हुनुहुन्छ र यसबाट सबैका लागि के कुराले सिक्न मद्दत गर्दछ वा रोक्छ र तपाइँसँग यसको के कस्तो छ प्रमाण छ भन्ने बारे थप सोच्न मदत गर्नेछ।
‘वर्तमानमा गरिएका क्रियाकलापको कारक/अभ्यासहरू र सिकाइमा तिनीहरूको प्रभावहरू कार्यपत्र’ पूरा गर्नका लागि विद्यालयका अगुवाहरूसँग भौतिक रुपमा संगैमा वा भर्चुअल रुपमा अन्य काम गर्नुहोस्। तपाईंले निम्न दुई प्रश्नहरूको जवाफ दिनुहुनेछ:
- तपाइँको विद्यालयको वर्तमान कार्य संयन्त्र (विद्यालय सञ्चालन प्रक्रिया) भित्र, सबै विद्यार्थीहरूको सिक्ने चाहनालाई अघि बढ्न दिन र सकारात्मक सिकाइ अनुभव र उपलब्धिहरूलाई प्रोत्साहित गर्न कुन कारक वा अभ्यासहरू अनुकूल छन् ?
- तपाइँको विद्यालयको वर्तमान कार्य संयन्त्र भित्र, कुन कारक वा अभ्यासहरूले सबै विद्यार्थीहरूको सिक्ने चाहनालाई कमजोर पार्छ वा उनीहरूको दीर्घकालीन सिकाइ अनुभव र उपलब्धिहरूलाई बाधा पुर्याउँछ?
जब तपाइँ यो अभ्यास गर्नुहुन्छ तपाइँलाई कृयाकलाप ३.३ का शीर्षकहरु हरु प्रयोग गर्न सक्नु हुन्छः कक्षाभित्र, कक्षा बाहिर र अन्य सिकाइ स्रोतहरू ।
अभ्यास पछि प्रत्येक समूहले NIC बैठकमा अन्य समूहहरूलाई आफ्नो कार्यपत्र प्रस्तुत गर्नुपर्छ ।
कार्यपत्र: वर्तमान कार्य संयन्त्रका कारक/अभ्यासहरू र सिकाइमा तिनीहरूको प्रभावहरू
|
सबै विद्यार्थीहरूको सिकाइको लागि अनुकूल |
कतिपय विद्यार्थीको पढाइमा बाधा पुगेको छ |
||
|
कारक/अभ्यासहरू |
प्रभावहरू |
कारक/अभ्यासहरू |
प्रभावहरू |
|
|
|
|
|