Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. क्रियाकलाप ३.३ समावेशीता परीक्षणबाट मैले के सिकें ? व्यक्तिगत प्रतिबिम्बन क्रियाकलाप र साझेदारी (१ घण्टा)

क्रियाकलाप ३.३ समावेशीता परीक्षणबाट मैले के सिकें ? व्यक्तिगत प्रतिबिम्बन क्रियाकलाप र साझेदारी (१ घण्टा)

Completion requirements

समावेशीता परीक्षण क्रियाकलापहरु (२.२ र ३.२) सञ्चालन गर्न र तपाईंको विद्यालयमा सञ्चालन गरिएका समावेशीता क्रियाकलापहरुको मूल्याङ्कनको क्रममा पक्कै राम्रो र उत्कृष्ट काम गर्नु भयो । यस कार्यमा पहिले समावेशीकरण परीक्षणमा प्रतिबिम्बन गर्नुहोस् र तल उल्लेखित प्रश्नहरूको जवाफ लेख्दै तपाईंको सिकाइ जर्नलमा केही बुँदाहरू तयार गर्नुहोस् । तपाईंले प्रत्येक प्रश्नको जवाफ एक-एक गरेर मात्र दिनु आवश्यक छैन । जसले तपाईंलाई परिवर्तनहरू प्रतिबिम्बित गर्न मद्दत गर्दछ, तीनलाई मात्र प्रयोग गर्नुहोस् । तपाईँको सिकाइ जर्नलमा अनुच्छेदमा नोट गर्नुहोस्। कुनै पनि शंका भएमा सहजकर्तासँग परामर्श गर्नुहोस् ।

 

-       एक विद्यालयको जिम्मेवार व्यक्तिको रूपमा आफ्नो कामको लागि समावेशीता परीक्षण कत्तिको उपयोगी लाग्यो ? लागेमा किन वा नलागे किन?

-       कुन तथ्याङ्क सजिलै उपलब्ध थियो वा सजिलै उपलब्ध थिएन? लैङ्गिक र समावेशीकरणको बारेमा निर्णय गर्न मद्दत गर्न तपाईं अन्य कुन तथ्याङ्क चाहिन्छ ?

-       तपाईंले पहिले थाहा नभएको कुनै नयाँ वा अनौठो कुरा फेला पार्नुभयो ?

-       समावेशी परीक्षण क्रियाकलापहरु सञ्चालन गर्दा तपाईंलाई कस्तो असर परेको छ? के तपाईंले अन्य सरोकारवालाहरूमा कुनै प्रभाव देख्नुभएको छ? उदाहरणका लागि, विद्यालय नेतृत्वको प्रेरणा र प्रोत्साहन, SMC वा विद्यालय बोर्ड, विद्यालय अगुवा र व्यवस्थापन बीचको राम्रो सम्बन्ध, बिब्यसको बढ्दो जवाफदेहिता, आदि हुन सक्छन् ।

 

प्रतिबिम्बन पूरा गरेपछि, NIC समूहबाट एक साझेदार छान्नुहोस् र उहाँसँग आफ्नो प्रतिबिम्बन साटासाट गर्नुहोस् । अर्को NIC बैठकमा, ठूलो समूहसँग एकअर्काको प्रतिबिम्बन सेयर गर्नुहोस् ।

 

तपाईंले अडिटबाट सिकेका कुराहरू बुझाउनको लागि अडियो रेकर्डिङ वा एउटा साधारण रेखाचित्र बनाउनुहोस् - तपाईंले यो खण्डको सुरुमा देखेको रेखाचित्र जस्तै केही प्रयोग गर्न सक्नुहुन्छ । समावेशीता परीक्षणको क्रममा तपाईंले देख्नुभएका समावेशी समस्याहरू र तपाईंले तिनीहरूलाई कसरी समाधान गर्न पहिले गरेका प्रयासहरु र कसरी/किन तिनीहरूले समस्यालाई सम्बोधन गर्न सके वा सकेनन् भन्ने कुरा सेयर गर्नुहोस् ।

 

यो तपाईंको अडियो रेकर्डिङ बनाउँदा यी शीर्षकहरू प्रयोग गर्न उपयोगी हुन सक्छ:

 

-       कक्षा भित्र (बसाइ व्यवस्था, उपस्थिति, विविधता, कक्षाकोठको शिक्षण सिकाई, चार्ट र अन्य कक्षाकोठा सजावट)

-       कक्षा बाहिर (शौचालय र हात धुने कोठा, ड्रेसिङ कोठा, प्राथमिक उपचार कक्ष, सुझाव बाकस, खेल मैदान, परामर्श कक्ष, नर्सको कोठा, सूचना बोर्ड, पुस्तकालय, क्यान्टिन/क्याफेटेरिया)

-       सिकाइ स्रोतहरूमा (पाठ्यपुस्तक र प्रिन्ट सामग्री, अडियो र भिडियो सामग्री, खेल सामग्री, भित्तेचित्र, प्रमाणमा आधारित / बिषयमा आधारित सिकाइ सामग्री, अन्तरक्रियाको भाषा, पोशाक, सम्मेलन, आदि)

 

तल एउटा विद्यालयको प्रतिबिम्बनको नमुना छ ।

 

नमूना:

नमस्ते, म सरल शिक्षा माविको प्रधानाध्यापक दिल पुन हुँ । अघिल्लो खण्डमा समावेशीता अडिट गर्नु अघि, मलाई मेरो विद्यालय र विद्यालयमा उपस्थित विद्यार्थीहरूको बारेमा थाहा भएकोले यो धेरै सजिलो हुँन्छ भन्ने सोचेको थिएँ । मैले तथ्याङ्क सङ्कलन गर्न आफु तयार महसुस गरें किनकि यो विद्यालय प्रशासनसँग पहिले नै तयार थियो । मैले मेरो विद्यालय धेरै समावेशी भन्ठानेको थिएँ र सबै विद्यार्थीहरूलाई उनीहरूको उमेर, लिङ्ग, जात, धर्म, सामाजिक-आर्थिक स्थिति, अपाङ्गता स्थिति आदिको बाबजुद समावेशीता सुनिश्चित गर्न सम्भव भएसम्म सबै प्रयास गरेको छु ठानेको थिएँ । तर धेरै पक्षाहरुमा ध्यान दिनुपर्ने मैले देखेको रहेनछु । विस्तृत चेकलिस्ट प्रयोग गरेर कक्षाकोठा अवलोकन गर्ने क्रियाकलापले मलाई शिक्षण-सिकाइ प्रक्रियामा समावेशी समस्याहरू पहिचान गर्न मद्दत गर्‍यो । म सँधै मेरा सहकर्मीहरूको कक्षाहरू अवलोकन गरिरहेको थिएँ तर चेकलिस्टमा जस्तो गहिराइमा थिएनन् । कक्षाकोठा र विद्यालयको नीतिहरूको अभ्यास गहिराइमा हेर्दा, मैले धेरै समस्याहरूमा ध्यान केन्द्रित गर्न र केही प्राथमिकताहरू पहिचान गर्न सक्षम भएँ। मलाई यो अचम्म लाग्यो कि पाठ्यपुस्तकहरूले प्रदान गरेका उदाहरणहरू - धेरै जसो उदाहरणहरू पुरुष विद्यार्थीहरू लक्षित रहेछन् । महिला विद्यार्थीहरूले कक्षाकोठामा त्यति संलग्न हुदैनन् । मलाई केटीहरू सक्रिय रूपमा संलग्न भएको हेर्न ईच्छा थियो।

म अहिले एक परिवर्तन भएको व्यक्ति हुँ, तर मलाई लाग्छ कि कक्षामा मैले नदेखेको कुरा धेरै छन्। तसर्थ, थप तथ्याङ्क सङ्कलन गर्न अर्को कक्षामा अडिट गर्ने योजना बनाएको छु।

 

अर्को कृयाकलापमा तपाईले अन्य विद्यालयका नेताहरूसँग उनीहरूको विद्यालयमा समावेशीताका अभ्यासहरू बारे पत्ता लगाउन केही जानकारी साझा गर्नुहुनेछ।


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle