Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. कृयाकलाप ३.१: समावेशी विद्यालय कस्तो देखिन्छ? (स्वतन्त्र कृयाकलाप) (३० मिनेट)

कृयाकलाप ३.१: समावेशी विद्यालय कस्तो देखिन्छ? (स्वतन्त्र कृयाकलाप) (३० मिनेट)

Completion requirements

तपाईँको विचारमा समावेशी वातावरण भएको विद्यालयमा कस्तो हुन्छ ? यसबारेको आफ्नो बुझाइ सिकाइ जर्नलमा लेख्नुहोस् । तपाईंलाई सजिलो हुन्छ भने तपाईँको विचार  प्रस्तुत गर्न तस्विर कोर्न वा यसको बारेमा सहकर्मी संग कुरा गरेर त्यो कुराकानी  रेकर्ड पनि गर्न सक्नुहुन्छ।

समावेशी विद्यालयको बारेमा सोच्दा बिद्यालयका कक्षाकोठाहरु, खेल मैदान, शौचालय, खानेपानी, अभिभावकहरू बिद्यालयमा आउँदा उहाँहरुलाई गरिने स्वागत, विद्यार्थीलाई गरिने व्यववहार आदिको बारे सोच्नुहोस् । समावेशीतासँग सम्बन्धित भएर यी कुराहरुको बारेमा सोच्दा तपाईँको मनमा एक किसिमको चित्र आउनेछ । 

 

तपाईँले सोचेको समावेशी विद्यालय वातावरणको अनुभव अन्य सहकर्मीले प्रस्तुत गरेको अनुभवसँग तुलना गर्नुहोस्:

आफ्नो र सहकर्मीको विद्यालय समावेशी सम्बन्धी सोच-विचार तुलनाले विद्यालय समावेशी कस्तो हुनुपर्छ भन्ने कुराको बारे के तपाईलाई थप विचारहरू दिन सक्छ ।

सहकर्मीसँग समावेशी वातावरण भएको विद्यालयका तत्त्वहरु के के हुन छलफल गर्नुहोस् ।

के तपाइँ सहकर्मीहरूले भन्नु भएको सबै तत्वहरू समावेशी विद्यालयमा  हुनु आवश्यक छ भन्ने कुरामा सहमत हुनुहुन्छ ।

 

यो वेबपेजमा जानुहोस् । वेभपेजका जानकारीहरु हेर्नुहोस् । तिनीहरू तपाईंको अवस्थामा लागु हुन्छन् वा हुन्नन् ? webpage

 

हामीलाई विश्वास छ, तपाईंले कक्षाकोठामा समावेशीताको बारेको समग्र अवस्था बुझ्नु भयो, अबका क्रियाकलापहरूमा तपाईंले समावेशीसँग सम्बन्धित सुक्ष्म कुराहरु केलाउनुहुनेछ ।


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle