क्रियाकलाप २.३ तपाइँका साथीहरूसँग तपाइँको सिकाइ सेयर गर्नुहोस (१ घण्टा)
तपाईंले माथिको परीक्षण क्रियाकलाप पूरा वा आंशिक रूपमा सम्पन्न गरेपछि NIC मा अरू साथीहरुलाई यसको बारे बताउनुहोस् । तपाईंले आफ्ना अरु साथीहरूसँग यो तथ्याङ्क सेयर गर्दा ख्याल गर्नुहोस् र - यो तपाईंको विद्यालयको लागि संवेदनशील तथ्याङ्क हो ।
फ्लिपचार्ट वा स्लाइड वा भिडियो को माध्यमले तपाईंलाई सहज महसुस हुने कुरा सेयर गर्न तयार हुनुहोस् । तलका प्रश्नहरूले तपाईलाई मद्दत गर्न सक्छन् ।
· परीक्षण प्रक्रियाबाट आएका कुराहरुमध्ये तपाईँलाई के कुरा नयाँ लाग्यो वा आश्चर्यचकित पार्यो? के तथ्याङ्कमा तपाईंले अपेक्षा गरे जस्तै प्रवृतिहरु (patterns) थिए? वा फरक पाउनुभयो ?
· तपाइँको विद्यार्थीहरूको कुन समूहलाई विद्यालयमा पूर्ण रूपमा समावेशीकरण नगरिएको हुन सक्छ वा सोचे जस्तो समावेशीकरण गर्न नसकेको हुन सक्छ? यस्तो कुरा कसरी थाहा पाउनु भयो?
समूहको बैठकमा वा कोर्स छलफल फोरममा एक-अर्काको प्रस्तुतिहरू सुन्नुहोस् र कुन समावेशीताका मुद्दाहरू तपाइँका विद्यालयहरूमा समान छन् र कुन फरक छन् भनेर छलफल गर्नुहोस् । यदि तपाईंलाई आफ्नो सहजकर्तासँग कुनै पनि मुद्दाहरू छलफल गर्न मन लाग्छ भने, कृपया समय माग्नुहोस र तपाईंको समूह सदस्यहरूसँग भेट्नुहोस् ।
थप वैकल्पिक कृयाकलापहरु:
समुदायका विभिन्न व्यक्तिहरूसँग समावेशिताका मुद्दाहरूबारे जागरूकता बढाउन तथ्याङ्क धेरै सहयोगी हुन सक्छ ।
तलको लिंकमा गई दिएको भिडियो भिडियो हेर्नुस्:
https://drive.google.com/file/d/1Hm9U8O-TEKsz_qy-eWdZEwWUxXEZd_r1/view?usp=sharing
तलका प्रश्नहरूको मद्दतले यो भिडियोको बारेमा तपाईंको सिकाइ जर्नलमा टिप्पणी लेख्नुहोस्:
क) यस भिडियो प्रस्तुत गरिएको विषयमा मुख्य समावेशीता बारेको मुद्दा के हो?
ख) यस मुद्दाको बारेमा मानिसहरूलाई जानकारी दिन कुन प्रकारको तथ्याङ्क सङ्कलन गरिएको छ?
ग) के यो तपाइँको विद्यालयको लागि पनि मिल्ने खालको समावेशीतासँग सम्बन्धित मुद्दा हो?