Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. क्रियाकलाप २.२ समावेशीता परीक्षण (३ घण्टा, निरन्तर र धेरै दिनमा बाँडिएको)

क्रियाकलाप २.२ समावेशीता परीक्षण (३ घण्टा, निरन्तर र धेरै दिनमा बाँडिएको)

Completion requirements

परीक्षण  फारम ध्यानपूर्वक पढ्नुहोस् ।

तपाईंले यो फारमलाई अनलाइन,  डाउनलोड गरेर अफलाइन वा प्रिन्ट गरेर पनि भर्न सक्नुहुन्छ ।

तल दिइएको समावेशीता परीक्षण साधनमा ५ खण्डहरू छन् ।

पहिले परीक्षण फारम पढ्नुहोस् र सबै खण्डमा आवश्यक जानकारी भर्नुहोस् । कम्तिमा ३ वटा खण्ड भर्ने प्रयास गर्नुहोस् । तथ्याङ्कमा सजिलै पाइने वा तपाइँको विद्यालयसँग सबैभन्दा सान्दर्भिक खण्डहरू छान्नुहोस् । सुझाव अनुसार विश्लेषण गर्नुहोस् । तपाइँको साथीहरुको समूह NIC मा पनि  यो सेयर गर्न सक्नुहुन्छ ।

यदि तपाईंलाई यी विवरण विश्लेषण गर्न मदत चाहिन्छ भने सहजकर्तासंग सल्लाह लिनुहोस् ।   तपाईंलाई यो तथ्याङ्क भबिस्यमा पनि काम लाग्ने हुनाले यो तथ्याङ्क सुरक्षितसँग छुट्टै फ़ाइल बनाएर राखनुहोस ।


 


विद्यालय समावेशीता  परीक्षण फारम

 

सङ्कलन गर्नुपर्ने जानकारी

 

यो तथ्याङ्क विद्यालयमा पहिले नै आन्तरिक वा बाह्य रूपमा उपलब्ध छ? कि छैन ? छ भने

कहाँ?  र कहिले संकलन हुन्छ ?

 

तपाईं यस प्रकारको तथ्याङ्क कसरी सङ्कलन र विश्लेषण गर्नुहुन्छ? के यो तथ्याङ्कले तपाइँको विद्यालयमा समावेशीता बुझ्न सहयोग गर्छ ?

1. विद्यार्थको उपस्थिति:

एक त्रैमासिक वा कम्तीमा एक महिना भन्दा बढीको विद्यार्थीहरूको उपस्थिति अभिलेख हेर्नुहोस् (तपाईँले कुनै वर्ष समूह वा विद्यार्थीहरूको एक विशेष समूह रोज्न सक्नुहुन्छ):

१००% ७५% ५०& २५% भन्दा कम उपस्थिति भएका बालबालिकाको अनुपात हेर्नुहोस् ।

अब यो उपस्थिति दरलाई लैङ्गिकता, अपाङ्गता र अन्य कुनै फरक पृष्ठभूमि, विशेषताहरू वा क्षमताको आधारमा खण्डीकृत गरेर तथ्याङ्क विश्लेषण गर्नुहोस् ।

तपाईले तथ्याङ्कमा कस्तो प्रवृति (patterns) देखिरहनु भएको छ ?

 

 

२. विद्यार्थी छाड्ने:

दुई बर्षको विद्यालय छोड्ने दर निकाल्नुहोस् । विद्यालय छोड्नेहरुको समस्या के हो त ? यसको लागि तथ्याङ्क हेर्नुहोस्। विद्यालय छोड्ने दर  कति छ?

a.       लिङ्गको आधारमा

b.       कक्षा आधारमा

c.       अपाङ्गताको आधारमा

d.       सामाजिक-आर्थिक        पृष्ठभूमीका आधारमा

e.     विद्यालयको दूरीको आधारमा

f.    भाषिक वा पहिलो भाषाको समस्याको  आधारमा

वा अन्य ।

विद्यार्थीहरूलाई विद्यालय छोड्न बाध्य पार्ने अन्य कुनै कारणहरू छन्?

के तपाइँले तथ्याङ्कमा कुनै प्रकारका खास प्रवृतिहरू  (patterns) देख्नुभयो?

 

 

3. असक्षमता स्थिति:

 विद्यार्थीहरूको संख्या वा अनुपात (छात्र\छात्रा):

a.       शारीरिक असक्षमता

b.       सुनाई सम्बन्धि असक्षमता

c.       दृष्टि सम्बन्धि असक्षमता

d.       आवाज र बोलीमा असक्षमता

e.       भावनात्मक / मनोवैज्ञानिक असक्षमता

f.        संज्ञानात्मक क्षमता सम्बन्धि असक्षमता

g.       बहु- असक्षमता

 

के तपाइँसँग यस्ता दस्ताबेजहरु वा स्रोतसाधनहरू छन् जसले शिक्षकहरूलाई यी विविध क्षमता भएका बालबालिकाहरूका समस्यालाई पहिचान गर्न र समस्या सम्बोधन गर्न मद्दत गर्दछन्?

के यस्ता असक्षमताहरु कम गर्न सहयोग गर्ने कुनै संस्था, वकालत/पैरवी समूह (advocacy group) वा सामुदायिक संस्थाहरूले जसले केही स्रोतहरू उपलब्ध गराउन सक्छन् वा सहयोगी हुन सक्छन भन्ने कुराको जानकारी  छ ?

 

 

4. सामाजिक-आर्थिक विपन्न समूहहरू:

 विद्यार्थीहरूको संख्या वा अनुपात (छात्र\छात्रा):

a.       न्यून आय भएका घरपरिवार

b.       श्रमिक वर्गका परिवार

c.       एकल-अभिभावक परिवार

d.       दलित समूह

e.       जनजाति समूह

f.        अल्पसंख्यक समूहहरू

g.       घरबारविहीन बालबालिका

h.       शरणार्थीहरू

i.         अनाथ

j.       अन्य


के तपाइँको विद्यालयमा माथि उल्लिखित समूह तथा बालिका तथा महिला लगायत विबिध प्रकारका पक्षहरु उल्लेख भएको कुनै पाठ्यपुस्तक, पोस्टर, सन्दर्भ पुस्तक जस्ता सिकाई सामग्री छन्? छन् भने के त्यसमा यस्ता समूहका मानिसहरूको चित्र, उदाहरण र जानकारी समावेश छन् ?

 

 

5. भाषा

के तपाईलाई विद्यार्थीहरूले कुन मातृ भाषा बोल्छन् भन्ने थाहा छ? तपाईंका कतिजना विद्यार्थीहरू दुई-भाषी वा बहुभाषी छन्?

के तपाईंसँग यी भाषाहरू बोल्न सक्ने शिक्षक तथा कर्मचारीहरू छन् ?

 

 

 

 


 

आशा छ कि तपाईँको विद्यालयमा समावेशीताको सुक्ष्म तरिकाले हेर्ने यो अभ्यासले तपाईलाई नयाँ विचार र नयाँ अन्तर्दृष्टि दिएको छ। तथ्याङ्कको आधारमा तपाइँले आफ्नो विद्यालयमा समावेशीताको अन्तर र चुनौतीहरु बारे थप जान्न सक्नुहुनेछ र अब के गर्ने भनी सोच्न सुरु गर्न सक्नुहुनेछ।


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle