क्रियाकलाप २.१ तथ्याङ्क केका लागि
२.१ तथ्याङ्क कसरी प्रयोग गर्ने
तथ्यांक भनेको व्यवस्थित रुपमा संकलन गरिएको एक प्रकारको जानकारी हो जसले कुनै कुराको प्रबृति (pattern) पहिचान गर्न वा बुझ्न सजिलो बनाउँछ । समावेशीताको लागि काम गर्ने विद्यालयको नेतृत्त्वमा भएको हैसियतले तपाईंले ‘सबैका लागि शिक्षा’ को अवसरबाट को को बञ्चित भएका छन् भनी पत्ता लगाउन तथ्याङ्कको प्रयोग गर्न सक्नुहुनेछ । यसले तपाइँलाई विद्यालयमा समावेशीता झल्किने गरी के कस्ता परिवर्तन गर्न सकिन्छ भन्ने जानकारी दिन्छ ।
तपाईंको सिकाइ जर्नलमा तलका प्रश्नहरूको संक्षिप्त उत्तर लेख्नुहोस ।
· तपाइँले आफ्नो विद्यालयमा नियमित रूपमा के कस्ता तथ्याङ्क सङ्कलन गर्ने गर्नुहुन्छ ?
· यी मध्ये कुन तथ्याङ्क अध्ययन गर्नुहुन्छ र ब्यबहारमा प्रयोग पनि गर्नुहुन्छ ? कुन कुन तथ्याङ्क अन्य निकायमा पठाउनुहुन्छ ?
· तपाईंका सबै विद्यार्थीहरूको समावेशीतासँग सम्बन्धित अनुभवहरू बारे थाहा पाउन कुन कुन तथ्याङ्क प्रयोग गर्न सकिएला ?
· के कुनै तथ्याङ्क संवेदनशील वा गोप्य राख्नु पर्ने खालको पनि छ? छ भने किन ?
· के “सबैका लागि शिक्षा” को अवसर प्रदान गर्न तथ्याङ्क सङ्कलन गर्न चाहनुहुन्छ ?
· विद्यालयमा EMIS को लागि चाहिने तथ्यांक कसले संकलन गर्छ र कसरी प्रयोग गरिन्छ? के यसरी सङ्कलन गरिएको तथ्याङ्कले विद्यालयलाई फाईदा गरेको छ ? कसरी ?
तपाईँको समूहको NIC बैठकमा वा अनलाइन फोरममा आफ्ना केही विचारहरू अन्य सहकर्मी बिद्यालयका सहभागीहरूसँग सेयर गर्नुहोस् । तपाईँहरुका बिचारहरु अन्य साथीहरुका बिचारहरु संग मिल्छन् वा फरक छन् ? त्यो पनि मनन गर्नुहोस्।