विद्यालय स्तरको कृयाकलाप। समावेशीकरणको बारेमा अरूहरूको बिचार के हुन सक्छ? आफ्नो विद्यालयबाट तथ्याङ्क सङ्कलन गर्ने (२ घण्टा)
तपाईंले माथि पढ्नुभएका समावेशीकरणका कथाहरूमा फर्केर सोच्नुहोस् र तपाईंले आफ्नो सिकाइ जर्नलमा बनाएका टिप्पणीहरू पुन: हेर्नुहोस् । समावेशी शिक्षा तपाईको लागि के हो भन्ने बारे थप प्रतिबिम्बन लेख्नुहोस् ।
अब आफ्नो विद्यालय र समुदायका अन्य सदस्यहरूको बारेमा सोच्नुहोस्। तपाइँको बिद्यालयका विद्यार्थीहरूले समावेशी शिक्षाको बारेमा के भन्लान् जस्तो लाग्छ? शिक्षकहरुले के भन्नु होला? बिब्यस अध्यक्षको भनाई के होला?
अब तपाईंले सानो अनुसन्धानको काम गर्नुहुनेछ।
तीन जना व्यक्तिहरूलाई लगभग १०\१० मिनेटको लागि अन्तर्वार्ता दिनको लागि अनुरोध गर्नुहोस्। उहाँहरु विद्यार्थी, शिक्षक, अभिभावक वा बिब्यसका सदस्य जो पनि हुन सक्छन्। तपाईंले तिनीहरूको नाम र प्रतिक्रिया गोप्य राख्नु पर्छ।
अन्तर्वार्ताका लागि तलका
प्रश्नहरू प्रयोग गर्नुहोस् (वा आफ्नै निर्माण पनि गर्न सक्नुहुन्छ)। तपाईंले
अन्तर्वार्ता लिनको लागि शान्त ठाउँ खोज्नुपर्छ र केही संक्षिप्त नोटहरू बनाउनु
पर्छ। (यदि तपाइँ अन्तर्वार्ता रेकर्ड गर्नुहुन्छ भने, तपाइँले तपाइँको नोटहरू बनाए पछि श्रब्य फाइल मेटाउनुपर्छ।
तपाईंले फाइल अरू कसैलाई दिनु हुँदैन।) वैकल्पिक रूपमा, तपाईंले यो कृयाकलाप विद्यार्थीहरूको
कक्षासँग गर्न सक्नुहुन्छ वा तपाईंले शिक्षक-कर्मचारी बैठक वा बिब्यस बैठकमा छलफल
गर्न सक्नुहुन्छ।
विद्यार्थीहरूसँग गर्दा, तपाईंले उनीहरूलाई समावेशी विद्यालयको चित्र कोर्न र त्यसपछि उनका आफ्ना साथीहरूमाझ आफ्ना चित्रहरू प्रस्तुत गर्न भन्न सक्नुहुन्छ।
अन्तर्वार्ताको शुरुआति प्रश्न:
- 'समावेशी शिक्षा' भन्नाले तपाईले के बुझ्नुहुन्छ?
- के तपाईंले कहिल्यै सिकाइबाट वञ्चित भएको महसुस गर्नुभएको छ?
- विद्यार्थीहरूको विभिन्न समूह कहिले र कसरी सिकाइबाट वञ्चित हुन सक्छन् भन्ने उदाहरण दिन सक्नुहुन्छ?
अन्तर्वार्ता सकिएपछि, उक्त प्रक्रियामा प्रतिबिम्बन गर्नुहोस्। तपाईंले आफ्नो अन्तर्वार्ताबाट के सिक्नुभयो? समावेशी शिक्षाको बारेमा विभिन्न व्यक्तिहरू के सोच्छन्?
अन्तरवार्ताबाट आउका तपाइँका प्राप्तिहरू कोर्सको फोरममा वा अर्को बैठकमा आफ्ना सहकर्मी बिद्यालप अगुवाहरूसँग सेयर गर्नुहोस् (तपाईँका सबै उद्धरणहरू बेनामी हुनुपर्दछ)।
ऐच्छिक क्रियाकलाप: समावेशी विद्यालय हुनुको महत्त्वलाई व्याख्या गर्ने विद्यार्थी/अभिभावक/बृहत्तर समुदायका लागि सन्देश/कथन/सिफारिस तयार गर्नुहोस् ।
तपाईंले अर्को शिक्षक बैठक, अभिभावक बैठक, र/वा बिब्यससँग यी सन्देश कहिले सेयर गर्नुहुन्छ भन्ने योजना बनाउनुहोस्। NIC सँग पनि आफ्नो सन्देश र सिकाइ सेयर गर्नुहोस्