Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. बुझाईलाई गहिरो बनाउन रेखाचित्र कोर्ने: समावेशी वृक्ष (३० मिनेट)

बुझाईलाई गहिरो बनाउन रेखाचित्र कोर्ने: समावेशी वृक्ष (३० मिनेट)

Completion requirements

यो कृयाकलापले तपाईंलाई समावेशीकरणका चुनौतीहरूलाई फरक तरिकाले हेर्न मद्दत गर्छ.

एउटा खाली कागजको टुक्रा लिनुहोस् । त्यसमा वृक्षको चित्र स्केच कोर्नुहोस् । उपलब्ध भएमा फरक रङको कलम प्रयोग गर्नुहोस् । रूखको राम्रो वा पूर्ण रूपमा चित् बनाउने  बारे चिन्ता नगर्नुहोस् । साधारण स्केच मात्र भएपनि हुन्छ ।

तपाइँको विद्यालय र समुदायका बालबालिकाहरू (बच्चा विद्यालयमा नहुन सक्छ) बीचको एक प्रकारको समावेशीकरण वा असक्षमता चुनौतीको साथ वृक्षमा प्रत्येक पातलाई लेबल गर्नुहोस् ।

ती चुनौतीहरुलाई व्याख्या गर्न ३-५ शब्दहरू प्रयोग गर्नुहोस्।

उदाहरणको लागि: पढ्न नसक्ने तर माथिल्लो कक्षामा रहेको बच्चा, प्रायजसो विद्यालय छुटाउने केटी, श्रवणशक्ति कम भएको बच्चा आदि।

माथिका कथाहरू र तपाइँको विद्यालय र तपाइँको समुदायमा चिनेका बच्चाहरूको बारेमा सोच्नुहोस् । प्रत्येक पातले एउटा चुनौतीको वर्णन गर्नेछ । आफ्नो रेखाचित्रलाई सकेसम्म रचनात्मक बनाउनुहोस्।

यदि तपाइँसँग क्यामेरा भएको मोबाइल फोन छ भने, तपाइँको समावेशी रूखको फोटो लिनुहोस् र तपाइँको समूहमा तपाइँको ससहकर्मी स्कूल अगुवाहरूसँग स गर्नुहोस् वा तपाइँको अर्को बैठकमा लैजानुहोस् ।

बैठकमा तपाइँको विद्यालय वा समुदायमा सिक्नबाट वञ्चित गरिएका विद्यार्थीहरूको १-२ वटा बस्तुगत उदाहरणहरू प्रस्तुत गर्नुहोस्।

आशा छ कि तपाईंले आफ्नो विद्यालय र समुदायमा शिक्षाको समावेशीकरण र बहिष्कृतका अनुभवहरू सेयर गर्नको लागि यो क्रियाकलाप सहयोगि भएको पाउनुहुनेछ । पछि, तपाईंले यसैसँग सम्बन्धित थप विस्तृत तथ्याङ्कहरु सङ्कलन गर्नुहुनेछ ।


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle