Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. कृयाकलाप ८.८ अन्तिम कृयाकलाप (वैकल्पिक)ः सिकाईको मूल्याङ्कन वा मान्यताका लागि चयन

कृयाकलाप ८.८ अन्तिम कृयाकलाप (वैकल्पिक)ः सिकाईको मूल्याङ्कन वा मान्यताका लागि चयन

Completion requirements

● सिकाईका प्रमाणहरुको कार्यसचंयिका तयार पार्न तपाईले आफ्नो कामका केही उदाहरणहरु सङ्कलन गर्न सक्नु हुन्छ । तपाईले के गर्नुभयो, यसले तपाईको सोच कसरी परिवर्तन गर्यो र तपाईले आफ्नो विद्यालयमा अब के गर्ने योजना बनाउनु भएको छ वा तपाई सुधार समुदायमा रहेर अन्य विद्यालयका अगुवाहरुसँग मिलेर के काम गर्न चाहनुहुन्छ यी सबै कुराहरु तपाईले अरुलाई पनि देखाउन सक्नु हुन्छ । त्यसको लागि कार्यसंचयिका सहयोगी हुन सक्छ । 

● समावेशीकरणमा केही काम गरेपछि तपाईले सिकेका कुराहरु स्पष्ट रुपमा देखाउनको लागि हामी तपाइलाई ति कामका तीनवटा उदाहरण (items) सङ्कलन गर्न सुझाव दिन्छौं । यसमा तपाईले समावेशीकरणको वरिपरि गर्न खोज्नु भएका परिवर्तनहरु र सुक्ष्म समस्यालाई सम्बोधन गर्ने क्रममा के परिवर्तन भयो भन्ने समावेश हुनेछ ।

● यस सुधार समुदायका अन्य विद्यालयका अगुवाहरुसँग छलफल गर्दा तपाईँले कसरी आफ्नो विचार मार्फत योगदान गर्नुभयो र यस कोर्समा तपाईका सहपाठीहरुबाट सिक्नु भएका कुराहरुको उदाहरणहरु सङ्कलन गर्नुहोस् ।

यी PDSA एवं सुधार चक्रहरु सम्पन्न गरी राम्रो उपलब्धी गर्नु भएकोमा तपाईलाई धेरै बधाई छ र आगामी हप्ता, महिना र वर्षहरुमा तपाईको विद्यालयमा समावेशीकारणको लागि कार्य जारी राख्नको लागि हामी शुभकामना व्यक्त गर्दछौ । 


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle