कृयाकलाप ८.७ समूह कृयाकलापः NIC सँग मूल्याङ्कन र छलफललाई शेयर गर्दै
Completion requirements
समय ः १ घण्टा
- यदि तपार्इँ NIC समूह सँग सहज महशुस गर्नुहुनुहुन्छ भने तपाईको आफ्नै मूल्याङ्कनबाट केहि मुख्य बुँदाहरु शेयर गर्नुहोस् ।
- NIC समूहमा उपलब्धीको तहका कुनै पनि तिन ओटा बयानहरु (१ उच्च प्राप्तांक, १ मध्यम प्राप्तांक र १ कम प्राप्तांक) र स्व(मूल्याङ्कन गर्दा दिइएको अंकमा छलफल गर्नुहोस् र योजना अनुसार के भयो र के भएन (अङ्क पाउनुको कारण) जानकारी दिनुहोस् ।
- अरुको कुरा सुन्नुहोस् र NIC समूहसँग तपाईले चक्रहरु सञ्चालन गरेर के सिक्नुभयो, छलफल गर्नुहोस् । यो कोर्समा NIC सँग काम गर्दाको समयको बारेमा सोच्नुहोस् जुनबेला कुनै नयाँ तथ्याङ्कले तपाईंलाई समावेशीकरणको बारेमा थाहा भएको पूर्वज्ञानलाई परिमार्जन गर्न सहयोग गर्यो । यो परिवर्तनमा कस्तो प्रमाणको प्रयोग भएको थियो ? किन त्यस प्रमाणले तपाईलाई आश्चर्य बनायो वा तपाईको सोच परिवर्तन गरायो ? स्पष्ट लेख्नुहोस् ।
- NIC मा काम गर्दा तपाईले के सिक्नु भयो त्यसै बारे सोच्नुहोस् । के यो काम गर्ने नयाँ तरिका थियो ? स(साना परिवर्तनहरु गर्न तपाईले कसरी एकअर्कालाई सहयोग गर्नु भयो, बताउनुहोस् ।
- तपाई NIC मा संलग्न नभएका अन्य अगुवाहरुलाई के सल्लाह दिनुहुन्छ, मुख्य बुँदाहरुमा निर्णय गरी शेयर गर्नुहोस् ।
- आफ्नो विद्यालयमा कसैको पहिचान नखोली छोटो सन्देश उपयुक्त भएमा सामाजिक सञ्जालमा शेयर गर्नुहोस् ।
- आफ्नो सिकाइ जर्नलमा टिपोटहरु लेख्नुहोस् ।
- छलफलबाट सान्दर्भिक मुद्धाहरु र समाधानहरुबारे सोच्नुहोस् र त्यसलाई आफ्नै विद्यालयमा लागू गर्ने विचार गर्नुहोस् ।