कृयाकलाप ८.५ः विद्यालय परिचालनका दस्तावेजहरुमा प्रस्तुत समीक्षालाई सम्मिलित गर्दै
समयः १ घण्टा
अर्को चरणमा तपार्इँको सिकाइहरुलाई विद्यालय सुधार योजनामा समावेश गरी दस्तावेजहरुमा समावेश गराउन वा निरन्तर काम गर्न तपाईले योजना बनाउन सक्नु हुन्छ ?
निम्न लिखित कागजातहरु सङ्कलन गर्नुहोस् र तिनीहरुमा समावेशी सम्बन्धी गतिविधिहरु सम्बोधन गर्न कुनै योजना ÷ निर्णयहरु समावेश छन् वा छैनन् र त्यस्ता गतिविधिहरु सञ्चालन गर्न कुनै बजेट उपलब्ध गराईएको छ कि भनी खोज्नुहोस् । यदि कृयाकलापहरु योजना अनुसार सञ्चालन गरिएको थियो भने चिन्ह लगाउनुहोस् । यदि सञ्चालन गरिएको छ भने, कुन प्रकारका गतिविधिहरु सञ्चालन गरियो । यदि सञ्चालन नभएको भए किन सञ्चालन भएनन् भनेर उल्लेख गर्नुहोस् । योजनाबद्ध गतिविधिहरु सञ्चालन गर्दा तपाईले के–कस्ता परिवर्तनहरु देख्नु भयो, ती कुराहरुको नोट लेख्नुहोस् ।
- विद्यालय सञ्चालनको बार्षिक पात्रो
- विव्यस, अभिभावक शिक्षक संघका बैठकहरुको लिखित निर्णयहरु
- विद्यालय सुधार योजना (SIP), विद्यालय विकास योजना (SDP) वा विद्यालयको कुनै पनि लघु योजनाहरु
|
विद्यालय संचालनका दस्तावेजहरु |
समावेशी सम्बन्धित गतिविधि |
सञ्चालन गरिएको छ / छैन (कसरी वा किन पनि बताउनुहोस्) |
परिवर्तनहरु जुन तपाईले देख्न वा हासिल गर्नुभएको छ |
|
विद्यालय सञ्चालनको बार्षिक योजना |
१ २ ३ |
|
|
|
कर्मचारी बैठकका लिखित निर्णयहरु |
१ २ |
|
|
|
विव्यस बैठकहरुका लिखित निर्णयहरु |
१ २ |
|
|
|
अभिभावक शिक्षक संघ बैठकहरुका लिखित निर्णयहरु |
१ २ |
|
|
|
विद्यालय सुधार योजना (SIP) विद्यालय विकास योजना (SDP) वा कुनै अन्य संस्थागत योजनाहरु |
१ २ ३ |
|
|
- माथिको कामले तपाईँलाई समावेशी शिक्षाको वरिपरि रहेर गरिने योजनावद्ध गतिविधिहरु र एजेन्डाहरुको समग्र अवस्थासित परिचित गराउनेछ । योजनाहरु लागू भएको/नभएको, परिवर्तनहरु देखा परेको/नपरेको स्थितिमा र कुन दस्तावेजहरुमा समावेशी गतिविधिहरु बारे उल्लेख गरेको /नगरेको हेर्न सक्नु हुुनु हुनेछ ।
- तपाईँले PDSA चक्रमा आफ्ना सूक्ष्म समस्याहरुको अनुसन्धान गरिसकेपछि योजनाहरुमा अब कुन समावेशीका चुनौतिहरुलाई प्राथमिक्तामा राख्नुपर्छ भन्ने लाग्छ ? यदि लाग्छ भने तपाईँको सिकाई जर्नलमा यसबारे टिप्पणीहरु लेख्नुहोस् ।
- कर्मचारी, SMC, PTC आदिले समावेशीकरणका यी मुद्दाहरुलाई बुझेका छन् बुझ्नेछन र अवलम्बन गर्छन् भनी तपाई कसरी सुनिश्चित गर्नुहुन्छ ? तपाईँको सिकाई जर्नलमा यी कुराहरुबारे तपाईका केही विचारहरु लेख्नु होस् ।
- छलफल फोरम वा तपाईँको अर्को बैठकमा अन्य विद्यालयका अगुवाहरुसँग उनीहरुको र तपार्इँका विचारहरुको तुलना गर्नुहोस् । तपार्इँको विद्यालयमा समावेशीकरणमा थप काम गर्न कसरी एकअर्कालाई मद्दत गर्न सक्नु हुन्छ ?