Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. कृयाकलाप ८.४ ऐच्छिकः आफ्नो काम प्रस्तुत गर्ने र उत्सव मनाउने

कृयाकलाप ८.४ ऐच्छिकः आफ्नो काम प्रस्तुत गर्ने र उत्सव मनाउने

Completion requirements

तपाईले सुधार चक्र मार्फत समावेशीकरणको विषयमा गरिरहनुभएको कामलाई अरु समक्ष प्रस्तुत गर्ने र यसलाई उपलब्धीको रुपमा मनाउन यहाँ दुई फरक विधिहरु छन् ।  तपाई यी मध्ये कुनै एक गतिविधि छनौट गर्न सक्नुहुन्छ र तपाइँको विद्यालयका सहकर्मीहरुसँग वा तपाईको सुधार समुदायका सहपाठीहरुसँग पनि काम गर्न सक्नु हुनेछ ।

कृयाकलाप ८.४ (क) समावेशी परीक्षणलाई एक केस अध्ययनको रुपमा पुनः अवलोकन गर्ने 

समयः १ घण्टा

समुदायका व्यक्तिहरुलाई तपाईले के गर्नुभयो र तपाईको कार्यको प्रभावबारे व्याख्या गर्न केस अध्ययन धेरै प्रभावकारी हुन सक्छ । यद्यपी तपाईले व्यक्तिगत विवरणहरु शेयर गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ ।

  • विद्यालयमा समावेशीको अवस्थालाई सुधार गर्न तपाईद्धारा प्रभावित वा प्रेरित परिवर्तनहरु मध्ये कुनै एकको ‘केश अध्ययन’ तयार गर्नुहोस् जसले ती परिवर्तनहरुको व्याख्या गर्दछ । यो अध्ययन कुनै एक व्यक्ति, वर्ग वा समूह पनि हुन सक्दछ ।
  • उक्त परिवर्तनले गर्दा समावेशीकरणमा के सुधार भयो त्यसका प्रमाणहरु दिनुहोस् । केस अध्ययन विद्यालयमा भएका सूक्ष्म समस्याहरुको बारेमा हुन सक्छ ।
  • केस अध्ययनले यहाँ दिईएको ढाँचालाई अपनाउन सकिन्छ ।


समावेशी अनुभवको साक्षी अन्तर्गतको केस अध्ययन

समावेशीकरण सम्बन्धी अनुभवको साक्षी ः एक केस अध्ययन

सन्दर्भ

यसले समस्याको सन्दर्भ बताउँछ ।

संलग्न व्यक्तिहरु

कसले सिकाईबाट कम समावेशीता वा बहिष्कारको अनुभव गरिरहेको छ ?

विषयवस्तु

पहिचान गरिएको सुक्ष्म समस्या के थियो?

कार्य

सुक्ष्म समस्यालाई सम्बोधन गर्नका लागि के कार्यहरु (रणनीतिहरु विकसित वा परिमार्जन गरिएको, परिमार्जित योजना / प्रावधानहरु आदि) गरियो ?

वास्तविक प्रतिक्रियाहरु

यो केस अध्ययनको लागि प्रत्यक्ष संलग्न भएका व्यक्तिहरुको अनुभव शेयर गरी तिनीहरुको विचार उद्धरण वा प्रतिक्रियाहरुको रुपमा प्रतिवेदन तयार गर्नुहोस्।

अगाडी बढ्ने

यो समावेशी यात्रा जारी राख्नको लागि तपाईले के गर्नु हुन्छ?



कृयाकलाप ८.४ (ख) ऐच्छिकः आफ्नो विद्यालयको समावेशी शिक्षा सन्देश मनाउने र सेयर गर्ने


  • कोर्सको सुरुमा तपाईले समावेशी शिक्षाको अर्थ तपाई र तपाईका शिक्षक साथीहरुका लागि के हो भन्ने बारे बताउनुभयो । त्यसपछि तपाईँले समावेशी परीक्षण गर्नु भयो र तपाईले गर्न चाहेको परिवर्तन पहिचान गर्नुभयो र यसलाई परिमार्जन गर्नु भयो । (PDSA/सुधार चक्र)
  • सुधार चक्र संचालन गर्दा तपाईँले गर्नु भएको काम र सहभागिताबाट प्राप्त ज्ञान र तपाईँले काम गरिरहनुभएको चुनौतिहरुको उदाहरणका साथ यसलाई फरक तरिकाले तपाईँको NIC समुदायमा शेयर गर्नुहोस् । तपाईले गर्नुभएको कामलाई एक अवसरको रुपमा तपार्इँ मनाउन सक्नु हुन्छ र तपाईँले अर्को विषयमा काम गर्न राख्नु भएको अपेक्षा बारे पनि समूहमा शेयर गर्न सक्नु हुन्छ ।
  • तपाईँको आफ्ना सन्देशलाई अडियो रेकर्ड गर्नुहोस् या समावेशी शिक्षाबारे तपाईको बुझाई बारेको एउटा राम्रो पोस्टर बनाउनुहोस् । सबैले बुझ्ने भाषा र चित्रहरुको प्रयोग गर्नुहोस् (शब्द, साक्षरता, चित्रहरु) । यस सन्देशमा तपार्इँको शिक्षण र व्यवस्थापन टोलीका सदस्यहरुलाई धन्यवाद सन्देश समावेश गर्नुहोस् । तपार्इँ यस सन्देशसँग सन्तुष्ट नभएसम्म तपाईले यसलाई धेरै पटक सम्म पनि परिमार्जन गर्दै लेख्नु पर्नेछ । 
You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle