कृयाकलाप ७.५ आफ्नो लक्ष्यमा स्पष्ट हुने – ३० मिनेट
एन.आई.सी हबमा रहेका आफ्ना सहपाठी एवं अन्य विद्यालयका प्रधानाध्यापकहरु वा शिक्षकहरुलाई आफ्नो नयाँ लक्ष्यबारे बताउनुहोस् । यस लक्ष्यलाई सकेसम्म विशिष्ट बनाउन पृष्ठपोषण दिन अनुरोध गर्नुहोस् । यसैगरी तपाईले पनि कोर्षका अन्य दुई सहपाठीहरुको लक्ष्यमा पनि पृष्ठपोषण दिनुहोस् ।
यहाँ दुईवटा उदाहरणहरु छन् जसले तपाईलाई विशिष्ट लक्ष्य निर्धारण गर्न सहयोग गर्छ ः
|
कारणः समावेशी परीक्षणका तथ्याङ्कको आधारमा शिक्षक कल्पना र शिक्षक सुरेशको कक्षामा धेरै विद्यार्थीहरुले राम्रो नतिजा ल्याएनन् । लक्ष्यः सामुदायमा सहयोगीहरु (सेवा निवृत्त शिक्षक, विश्वविद्यालयका विद्यार्थीहरु) को पहिचान गर्नुहोस् जो ति कक्षाहरुका विद्यार्थीहरुलाई स(सानो समूह बनाएर अतिरिक्त समयमा पढाइमा मद्दत गर्न इच्छुक छन् । |
|---|
अथवा
|
कारणः समावेशी परीक्षण (खण्ड २) को आधारमा, धेरै शिक्षकहरुलाई समावेशी कक्षा कसरी बनाउने भन्ने नै थाहा छैन । लक्ष्यः शिक्षकहरुलाई कक्षाकोठा भित्र कसरी स(साना परिवर्तनहरु गराएर समावेशी कक्षा बनाउन सकिन्छ उदाहरण देखाउनुहोस् । कक्षाकोठा भित्र र बाहिर सबैभन्दा बढी आवश्यक्ता भएका वा समस्यामा परेका विद्यार्थीहरुमा विचार गरेर अध्यापन गर्न र व्यक्तिगत सिकाई सत्रहरु मार्फत समावेशी सिकाई वातावरण सिर्जना गर्न सकिने उदाहरण पनि देखाउनुहोस् । |
|---|