Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. कृयाकलाप ६.३ः आफ्नो सुधार (PDSA) चक्रमा प्रतिविम्बन वा चिन्तन गर्नुहोस्

कृयाकलाप ६.३ः आफ्नो सुधार (PDSA) चक्रमा प्रतिविम्बन वा चिन्तन गर्नुहोस्

Completion requirements

तपाईँले आफ्नो विद्यालयमा समावेशीकरण परीक्षण गर्नुभयो । समावेशीकरणसँग सम्बन्धित सुक्ष्म समस्या पहिचान गर्नु भयो । उक्त सुक्ष्म समस्याको सम्भावित कारणहरु पनि विश्लेषण गर्नुभयो । त्यसपछि तपाईले कूनै एउटा कारणलाई सम्बोधन गर्ने योजना बनाउनु भयो र सो योजनालाई कार्यान्वयन गर्नुको साथै त्यसको प्रभावबारे पनि अध्ययन गर्नुभयो ।

तपाईँले विद्यालयमा सुधार (PDSA) चक्रको कार्यान्वयन गरेपछि तपाईँले सिक्नु भएका तथा वास्तविक अनुभवहरु बारे चिन्तन गर्दै आफ्नो सिकाई जर्नलमा एउटा छोटो अनुच्छेद लेख्नुहोस् ।

तपाईँले आफ्नो विद्यालयमा लागू गर्नुभएको समावेशीकरणका गतिविधिहरुबारे सोच्नुहोस् र त्ससबाट भएको सिकाईलाई तपाईको सिकाइ जर्नलमा महत्वपूर्ण बुँदाहरु टिपोट गर्नुहोस् । उक्त टिपोट लेख्ने क्रममा निम्न प्रश्नहरुको उत्तर पनि दिदै जानुहोस् । 

  • तपाईँले पहिचान गर्नु भएको समावेशीकरणका चुनौती के थियो ? ( योजना / PLAN)
  • तपाईँले आफ्नो विद्यालयमा के परिवर्तन गर्नु भयो ? (कार्य / DO)
  • तपाईँले गर्नुभएको कार्य सफल भयो वा भएन भनेर तपाईले कसरी थाहा पाउनु भयो ? (अध्ययन / STUDY)
  • के तपाई उक्त परिवर्तनलाई जारी राख्न चाहनु हुन्छ वा रोक्नु हुन्छ र अरु नयाँ प्रयास गर्नुहुन्छ ? (कार्यन्वयन / ACT)
  • सुधार चक्रलाई अनुसरण गर्दै, सो अनुरुप परिवर्तन वा सुधार गर्ने उद्देश्यका साथ विभिन्न काम  गर्दा के तपाईलाई सहज भएको थियो ? कि तपाईलाई धेरै गाह्रो भएको थियो ? अर्को पटक गर्नुपर्यो भने तपाईले कस्तो फरक योजना बनाउनुहुन्छ ? वा कुन चरणमा के कुरा फरक तरिकाले गर्नुहुन्छ ? तपाईले विद्यालयमा गर्नुभएकोरल्याउनुभएको सुधारबाट विद्यालयका सरोकारवालाहरुलाई (शिक्षकहरु, अभिभावकहरु, शिक्षक–अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति र समुदायका अन्य व्यक्तिहरु) के कुरा सुनाउन वा भन्नुहुन्छ ? 

विद्यालयमा सुधारका प्रयास गर्दा तपाईले  सोचे जस्तो वा गर्न खोजेको परिवर्तन भएन भने पनि तपाई चिन्ता नलिनुहोस् । तर तपाईँले ती काम निकै ध्यानपूर्वक र महत्व दिएर गरेको हुनुपर्छ । तपाईले अन्य समयमा पनि सूधार चक्र (PDSA Cycle) लागू गर्न सक्नुहुनेछ । तपाईले पहिलो सूधार चक्रमा कार्य गरिसकेपछि त्यसबाट सिकेर पछि गरिने सुधार चक्रहरुको कार्यलाई थप परिमार्जन गर्दै लैजान सक्नुहुनेछ ।


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle