Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. कृयाकलाप ६.२ः तपाईँको समुह (सुधार समुदाय) का सहभागीहरुलाई आफ्नो तथ्याङ्क प्रस्तुत गर्ने र ‘कार्यान्वयन’ चरणको लागि निर्णय गर्ने

कृयाकलाप ६.२ः तपाईँको समुह (सुधार समुदाय) का सहभागीहरुलाई आफ्नो तथ्याङ्क प्रस्तुत गर्ने र ‘कार्यान्वयन’ चरणको लागि निर्णय गर्ने

Completion requirements

तपाईँले हालसम्म के के काम गर्नु भयो र तपाईँको विद्यालयमा भएका वा गरेका परिवर्तनको प्रभावबारे सङ्कलन गर्नु भएको तथ्याङ्क सुधार समुदायका सहभागीहरु समक्ष तपाईँको अनुभव र सिकाइ प्रस्तुत गर्ने योजना बनाउनुहोस् । यदि तपाईँले कुनै सुधार देख्नु भएको छैन भने विचार  गर्नुहोस्, यो सुधार चक्र लागु भएको धेरै समय भएको छैन र त्यसको परिवर्तन देखिएको छैन वा यो तपाईँले  गरेको परिवर्तनको काम विद्यालयको लागि प्रभावकारी  नहुन पनि सक्छ । तपाईँको कामले विद्यालयमा खासै परिवर्तन नभएको  भएतापनि तपाईले केही कुराहरु भने पक्कै पनि सिक्नु भएको छ ।

यसपछि तपाई आफ्ना सहपाठीहरुसँग ‘कार्यन्वयन’ चरणमा के गर्ने छलफल गर्नुहोस् ।

के तपाई आफ्नो विद्यालयमा अघिल्लो खण्डहरुमा उल्लेख परिवर्तनलाई जारी राख्न चाहानुहुन्छ ? वा यसमा  अरु केही पक्षहरु वा तरिका थप्न चाहानुहुन्छ ? वा तपाईँले गरेको यो परिवर्तनको कामलाई यही रोक्न चाहानु हुन्छ र अर्को नयाँ प्रयास गर्नु चाहानु हुन्छ ? विचार गर्नुहोस् र अन्य सहभागीसँग पनि छलफल गर्नुहोस् ।

यो चरण निरन्तर सुधारका लागि धेरै महत्वपूर्ण छ । आफूले गरिरहेको काम वा परिवर्तनलाई रोक्नु (PDSA को ‘कार्य’ गर चरण) भनेको असफल हुनु होइन भन्ने कुरा तपाईले बुझ्न जरुरी छ । तपाईले छान्नु भएको सुक्ष्म समस्या विद्यालयमा समावेशीकरणको समस्या समाधानका लागि लागू गर्न खोज्दा खासै प्रभावकारी नहुने रहेछ भनेर बुझ्नु वा कुरा सिक्नु हो । यसबाट नै तपाईँको सिकाइ प्रभावकारी हुनेछ ।


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle