कृयाकलाप ५.३ परिवर्तन कसरी भइरहेको छसुचना संकलन मार्फत पत्ता लगाउने
तपार्इँले सुधारको लागि के कार्य गर्न चाहनुहुन्छ भन्ने योजना बनाईसक्नु भएको छ र अहिले तपाई उक्त योजनामा काम गर्नुहुनेछ ।
तपार्इँको योजनाले काम गरेको छ वा योजना प्रभावकारी भएको छ भनेर तपाईले कसरी थाहा पाउनु हुन्छ ? तपाई कसलाई सोध्नु हुन्छ ? तपाईले के देख्नु हुनेछ ? योजनाले काम गरिरहेको छ भन्ने तपाईसँग के प्रमाणहरु उपलब्ध छन् ?
तपाईको योजनाको लक्ष्य मापन योग्य हुनु जरुरी छ । तपार्इँले परिमाणात्मक (Quantitative) तथ्याङ्कहरु प्रयोग गर्न सक्नु हुन्छ जस्तै विद्यार्थीको आत्मविश्वास, वा सहभागितामा केही सुधारको सुरुवात वा परीक्षण नतिजा वा हाँजिरी । साथै तपार्इँले अन्तर्वार्ताबाट जस्ता गुणात्मक (Qualtitative) तथ्याङ्क पनि सङ्कलन गर्न सक्नु हुन्छ । तपार्इँले शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य वा विद्यार्थीहरुमध्ये कोसँग अन्तर्वार्ता लिनुहुन्छ, सो बारे निर्णय लिनुहोस् । सहभागी छनौट गर्दा तपार्इँलाई विद्यालयमा के भईरहेको छ प्रत्यक्ष देखेको आधारमा जानकारी दिन सक्नेलाई छनोट गर्नुहोस् । एक भन्दा बढी व्यक्तिहरुलाई समावेश गर्नुहोस् र सहभागीहरुले आफुलाई मूल्याङ्कन गरिएको जस्तो महसुस नगरुन भन्ने कुराको ख्याल गर्नुहोस् । सधैँ अन्तर्वार्ताको लागि सहमति लिनुहोस् ।
आफुले गरेको योजनाले काम गरिरहेको छ कि छैन भन्ने कुरा तपाई आँफैले कसरी पत्ता लगाउनु हुन्छ भनेर विचार गर्नुहोस् र तपाईले आफ्नो अध्ययन मार्फत जवाफ दिन चाहनु भएको एउटा मुख्य प्रश्नको बारेमा सोच्नुहोस् ।
उदाहरणका लागिः छात्राहरुको लागि शौचालयमा प्रशस्त पानी र निशुल्क प्याड र त्यो फाल्ने एउटा डस्टबिनको व्यवस्था पछि उनीहरुको हाजिरीमा कस्तो परिवर्तन देख्यौं वा भएको छ ?
नोटः यस उदाहरणको लागि तपाईंलाई प्रारम्भिक तथ्याङ्क चाहिन्छ । यसको मतलब तपाईले सुधार गर्नु अर्थात पर्याप्त पानी र प्याडको व्यवस्था अघि छात्राहरुको उपस्थिति जान्न आवश्यक छ जसले गर्दा तपाईले नयाँ तथ्याङ्कसँग तुलना गर्न सक्नु हुनेछ ।
यदि तपाईको लक्ष्य अर्न्तगत केही मापन गर्न सजिलो छ भने तपाईले एक परिमाणात्मक साधन (tools) प्रयोग गर्नुहुनेछ । यदि तपाईको लक्ष्य सामाजिक परिवर्तनको बारेमा हो वा विद्यालयको वातावरणमा परिवर्तन हो भने तपाईलाई गुणात्मक साधनहरुको प्रयोग गर्न सजिलो हुनेछ । यसरी तपार्इँले दुवै परिमाणात्मक र गुणात्मक जानकारी प्राप्त गर्नु सक्नुहुन्छ । कृपया साधनहरुको थप उदाहरणहरुको लागि तलको टेबलमा हेर्नुहोस् । धेरै परिवर्तनहरु देख्न यो प्रक्रियालाई दुई हप्ता भन्दा बढी समय लाग्न सक्छ र त्यसकारण मात्रात्मक र गुणात्मक जानकारी, दुवै प्रयोग गर्नु उपयोगी हुनेछ ।
| गुणात्मक मूल्याङ्कन साधनका उदाहरणहरु | मात्रात्मक साधनका उदाहरणहरु |
|---|---|
|
|
इन्टरनेटमा मूल्याङ्कन र अनुसन्धान साधनहरु (Research tools) को खोजी गर्नुहोस् र तपाईले योजना गरे जस्तो परिवर्तनको लागि तपाईले आफ्नै तथ्याङ्क सङ्कलनको ढाँचा तयार पार्नुहोस् । यो धेरै सरल हुनुपर्छ र यसका लागि अधिक्तम दुई साधनहरु प्रयोग गर्नु सक्नुहुन्छ ।
नोटः आफ्नो लक्ष्यको बारेमा एक वा दुई प्रश्नहरुबाट काम शुरु गर्नुहोस् । विद्यालय व्यवस्थापन समितिका सदस्य वा अभिभावक जस्ता समुदायबाट कोहि कसैले केहि जान्न चाहन्छन् र तपाईको सुधार (PDSA) चक्रले कसरी काम गर्यो भन्ने बारेमा उनीहरुले तपाईलाई सोध्न सक्छन, सोही अनुसार सम्भावित प्रश्नहरुको कल्पना गर्नुहोस् ।
तपाईको सिकाई जर्नल वा अडियो डायरीमा तपाईले कुन तथ्याङ्क सङ्कलन गर्नुहुनेछ र तपाई कुन साधनहरु प्रयोग गर्नुहुनेछ त्यसको रुपरेखा तयार पार्नुहोस् । त्यसपछि आफ्नो अवलोकन, अर्न्तरवार्ता र कुनै फनि संख्यात्मक (numeric) तथ्याङ्कको दस्तावेज तयार गर्ने सूनिश्चित गर्नुहोस् । यसलाई एउटा फाईलमा राख्नुहोस् जुन तपाईले अन्य विद्यालयका अगुवाहरु र तपाईको विद्यालय हुने सामाजिक भेला वा बैठकमा पेश गर्न सक्नु हुन्छ । (यसमा व्यक्तिका नामहरु उल्लेख नगर्नुहोला) तपाईले आफ्नो सिकाई जर्नलमा वा कार्यालयको भित्ते चार्टमा सो तथ्याङ्कलाई प्रर्दशन गर्न सक्नुहुन्छ तर यसको नैतिक पक्षहरुलाई पनि विचार गर्नुहोस् ।