कृयाकलाप ५.२ सहयोगी कर्मचारी र कृयाकलापका समय खर्चिनु पर्ने – २ हप्ता
अब तपार्इँले परिवर्तनका लागि अरुलाई सहयोग गर्नु हुनेछ र नेतृत्व लिनु हुनेछ । दुई हप्ताको अवधिमा सानो स्तरमा परिवर्तन गर्ने दुई प्रधानाध्यापकको यो उदाहरण हेर्नुहोस् । एउटा हाजिरी तथ्याङ्क सङ्कलनमा आधारित छ र अर्को अवलोकन तथ्याङ्कमा आधारित छ ।
उदाहरण १ समावेशी शिक्षाको चुनौती अन्तर्गत संङ्कलित तथ्याङ्कको अध्ययन गर्दा केही विद्यार्थीहरुको न्यून हाँजिरी भएका छन् ।
यी प्रधानाध्यापकले हाजिरी रेकर्डको आधारमा कम उपस्थिति भएका विद्यार्थीहरुका सबै अभिभावकहरुलाई भेट्ने र तिनीहरुको अनुपस्थितिको कारणहरु बुझ्ने र सम्भव भएसम्म त्यस समस्यालाई सम्बोधन गर्ने योजना बनाएकी छिन् । अभिभावकहरुसँगको छलफलमा “विद्यार्थी उपस्थितिको महत्व”लाई जोड दिने योजना पनि बनाएकी छन् । यि विभिन्न बैठक र कार्यहरु पछि ती न्यून उपस्थिति हुने विद्यार्थीहरुको हाजिरीमा केही सुधार आएमा उनीले टिपोट गर्नेछिन् ।
उदाहरण २ः समावेशी चुनौतीहरु मध्ये कक्षाकोठामा छात्राहरुको कम सहभागिता हुनु पनि एक महत्वपूर्ण चुनौती हो ।
यी प्रधानाध्यापकले कक्षामा छात्राहरुले प्रश्नको जवाफ एकदमै कम दिने गरेको अवलोकन गरे । यो समस्याका कारणहरुमध्ये एउटा कारण कक्षाकोठामा छात्रहरु र छात्राहरुको बसाइ व्यवस्थापन भएको पत्ता लगाए । उनले शिक्षकहरुलाई हप्ताको कुनै एक दिन भएपनि छात्राहरु अगाडीको बेन्चमा बस्न मिल्ने गरी कक्षाकोठाको बसाई व्यवस्थापनलाई परिवर्तन गर्न शिक्षक/शिक्षिकालाई आग्रह गर्ने योजना बनाए । यो योजना अनुसार शिक्षकहरुले सो कार्य गरिसकेपछि, उनले शिक्षकहरुलाई छात्राहरुको सहभागितामा केही परिवर्तन देखिएको वा नदेखिएको बारेमा सोध्नेछन् । योजनाको कार्यन्वयन २ – ३ हप्ता पछि सानो भएपनि सुधार देखिएको वा योजनामा नै कुनै समस्याहरु थिए, त्यसबारे पुन समिक्षा गर्ने छन् ।
तपार्इँले समावेशीताका चुनौतीहरुको सुधारका लागी कसरी कार्य गरिरहनु भएको छ त्यसबारे तपाइँको आफ्नो जर्नलमा सिकेका कुराहरुको अभिलेख गर्नुहोस् । के तपाईँको विद्यालयमा थप कुनै अन्य चुनौतीहरु छन् ? तपाईको समुहका अन्य सहपाठीहरुसँग छलफल गर्न उपयोगी हुन सक्छ ।