कृयाकलाप ५.१ तपाई के गर्दै हुनुहुन्छ र किन गर्दै हुनुहुन्छ भनेर बताउनु होस् (१ घण्टा)
तपाई कुन समस्या समाधान गर्न वा सुधार गर्न खोज्दै हुनुहुन्छ ? तपाई किन परिवर्तन गर्न चाहानु हुन्छ ? यो कुन प्रमाणमा आधारित छ र तपाई कुन प्रमाणहरु सङ्कलन गर्नुहुनेछ भन्ने बारे तपाइँका कर्मचारीहरुको लागि प्रश्न र उत्तर समय सहितको प्रस्तुतीकरण तयार गर्नुहोस् । यसमा व्यक्तिको पहिचानलाई ध्यान नदिनुहोस् । उपयुक्त र आवश्यक भएमा, समस्याको व्याख्या गर्नको लागि लेखापरीक्षण वा सामाजिक परीक्षणका प्रतिवेदनबाट पनि केही सुचनाको प्रयोग गर्नुहोस् । प्रश्नहरुको जवाफ दिन र सुझावहरु सुन्न तयार हुनुहोस् ।
उदाहरणका लागि; खण्ड चार को क्रियाकलाप ४.३ मा तपाईले तयार पार्नु भएको आफ्नो २ हप्ते योजनाबारे अझ बढी स्पष्ट हुन एक छलफलको आयोजना गर्न सक्नु हुनेछ ।
- पहिचान गरिएको समस्या के हो ?
- कुन परिवर्तनलाई कार्यान्वयन गरिनेछ ?
- यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा को लाभान्वित हुनेछन् ?
- हामीले कति सयमा यो परिवर्तन देख्नेछौं ?
छलफलमा तपाईलाई सोधिएको कुनै पनि प्रश्न महत्वपूर्ण भएमा टिपोट गर्न सक्नु हुनेछ र उपयुक्त लागेमा तपार्इँले केहि कुरा आफ्नो समुहमा बताउन सक्नु हुनेछ ।
यदि तपाईले सामना गरिरहनु भएको वा परिवर्तनको काम गरिरहेको समस्यामा समुदाय र परिवारहरु समावेश छन् भने तपाईले के गरिरहनु भएको छ र किन गरिरहनु भएको छ भन्ने बारेमा उनीहरुसँग पनि छोटो कुराकानीको गर्न सक्नु हुनेछ । कुनै पनि व्यक्तिहरुको गोपनियता कायम गर्ने विषयमा ध्यान दिनुहोस् र यो केवल सानो परिवर्तनका लागि मात्र हो भनेर नबुझ्नुहोला ।