Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. क्रियाकलाप ४.३ – चरण ३ – तपाईको विद्यालयमा वा सामुदायिक स्तरमा अन्य व्यक्तिहरुसँग छलफल गरी सुक्ष्म–समस्याको समस्या वृक्ष विश्लेषण तयार पार्नुहोस् । ।

क्रियाकलाप ४.३ – चरण ३ – तपाईको विद्यालयमा वा सामुदायिक स्तरमा अन्य व्यक्तिहरुसँग छलफल गरी सुक्ष्म–समस्याको समस्या वृक्ष विश्लेषण तयार पार्नुहोस् । ।

Completion requirements

माथि खण्ड २ र ३ मा उल्लेखित तपाईले गर्नुभएको कामको आधारमा आफ्नो विद्यालय वा समुदायमा तपाईले विश्लेषण गर्न चाहनु भएको समावेशीकरणसँग सम्बन्धित एउटा सुक्ष्म–समस्या पहिचान गर्नुहोस्, अथवा तपाईले नयाँ सुक्ष्म–समस्या पहिचान गर्नुहोस् । यसभन्दा अघि, हामी सुक्ष्म(समस्या भनेको के हो भन्ने स्पष्ट हुन जरुरी छ । जसरी शब्द ‘सुक्ष्म’ को अर्थ धेरै सानो हुन्छ, त्यसैगरी हाम्रो सन्दर्भमा समावेशीकरण सम्बन्धी धेरै स(साना समस्याहरूलाई बुझ्न सकिन्छ । यस्ता समस्या जुन विद्यालय र हाम्रो वरपर व्यक्तिगत तहबाट गरिने व्यवहारहरु हुनसक्छ । जसले हाम्रो वरपरका व्यक्तिहरुलाई यस्तो समस्यामा आफु समावेश भएको छ या छैन भन्ने महशुस गराउँदछ । 


सम्भावित सुक्ष्म–समस्याहरू व्यवस्थित गर्न सकिन्छ कि सकिदैन भनी एनआईसी समूहका आफ्ना साथीहरूबाट सुझाव प्राप्त गर्न छलफल गर्नुहोस् । तपाईको एनआईसी समूहमा तपाई जस्तै अन्य साथीहरुले गरेका समान खालका समावेशीकरण सम्बन्धी सुक्ष्म–समस्याहरू छनौट गर्न सक्नुहुन्छ ।


तपाईले दुई हप्ता भित्रमा काम गर्न सक्ने, त्यसको अवस्था मापन र प्राप्त गर्न सकिने एउटा लक्ष्यलाई विचार गर्नुहुनेछ ।

त्यसपछि तपार्इँले यो लक्ष्यलाई सम्बोधन गर्न सुधार चक्र डिजाइन गर्नुहोस् ।

अन्य सहकर्मीहरूसँग तपाईको सुक्ष्म समस्याबारे छलफल गर्नु र त्यसका लागि समय मिलाउनु महत्वपूर्ण हुन्छ । तपाईँलेम व्यक्तिगत रुपमै भेटेर वा टाढैबाट अनलाइनमा भएपनि छलफ गर्ने प्रयास गर्नुहोस् । सुधार चक्र प्रयोग गर्नका लागि केही सूक्ष्म समस्याहरू उपयुक्त नहुन पनि सक्छन । उदाहरणका लागि यदि कुनै सामान भाँचिएको वा बिग्रिएको छ भने, तपाईले सुधार चक्र प्रयोग गर्नुको सट्टा तत्काल मर्मत गर्नुपर्दछ । यदि बच्चालाई कूनै सामाग्री चाहिन्छ भने, यो सुधार चक्रबाट फाइदा हुने प्रक्रिया पक्कै पनि होइन । त्यहाँ समस्याहरू पनि हुन्छन् जुन तपाईं आफैले समाधान गर्न सकिदैन् जस्तै उदाहरणका लागि परिवारमा गरिबी छ, विद्यालयमा बिजुली छैन ईत्यादी ।


अब अन्य एनआईसीका सदस्यहरूसँग काम गर्नुहोस् । तपाईले छान्नु भएका सूक्ष्म समस्याको आधारमा समस्या वृक्षहरू पूरा गर्नुहोस् । तपाईले समस्या वृक्ष पूरा गर्दा त्यो समस्या समावेशी मुद्दामा केन्द्रित हुनुपर्दछ – उदाहरणको लागि एक विद्यार्थी वा विद्यार्थीहरूलाई विद्यालय वा कक्षाकोठाका व्रिmयाकलापबाट बहिष्कृत गरिएको छ) । यो कूरालाई ध्यान दिनुहोला । ठूलो समस्या लिनु अघि एक वा केही विद्यार्थीहरूको लागि व्यक्तिगत चुनौती पत्ता लगाउने प्रयास गर्नुहोस् ।


तपाईको समस्या वृक्षमा काम गर्दा तपाईका कारणहरू स साना छन् भन्ने सुनिश्चित गर्नुहोस् र प्रत्येक तहमा केवल एउटा मात्र कारण लेख्नुहोस् । कारणहरू (वृक्षको जराहरू) भनेका तपाईको पीडीएसए लक्ष्य विकास गर्नका लागि महत्वपूर्ण आधारहरू हुन् ।


तपाईंले हासिल गर्न सक्ने केही साना परिवर्तनहरू (लक्ष्यहरू) पत्ता लगाउनको लागि कूनै एउटा कारण पछाडिको मूल कारणहरूको बारेमा सोच्नुहोस् । तपाईं आफ्नो विद्यालयका सहकर्मीहरू वा अभिभावक संघ वा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसँग पनि छलफल गर्नुहोस् ।


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle