Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. क्रियाकलाप ४.३ – चरण २ः अभ्यासः आंशिक रूपमा सम्पन्न । समस्या वृक्ष विश्लेषण – प्रभावहरू पूरा गर्नुहोस् र समस्या वृक्षमा कारणहरू थप्नुहोस्

क्रियाकलाप ४.३ – चरण २ः अभ्यासः आंशिक रूपमा सम्पन्न । समस्या वृक्ष विश्लेषण – प्रभावहरू पूरा गर्नुहोस् र समस्या वृक्षमा कारणहरू थप्नुहोस्

Completion requirements



तपाईँ आफ्नो लक्ष्यमा जानु अघि तपाईले समस्याको कारणहरुबारे थप बुझ्न र आफ्नो विद्यालयमा थप केही अनुसन्धान गर्नुपर्छ । तपाईँले कक्षा अवलोकन गर्न सक्नुहुन्छ वा शिक्षकसँग कुरा गर्न सक्नु हुन्छ । यदि छात्ररछात्रालाई जुत्ता चाहिएको छ भने, यो सुधार चक्रको लागि उपयुक्त समस्या होइन । तर यदि कुनै छात्ररछात्रालाइ कुनै साथीले हेप्ने वा  अन्य कुनै दुव्र्यवहार गर्ने गरेका छन्, वा कक्षामा बदमासी गरिरहेका छन् भने, तपाईंल योे सुधार चक्रको प्रयोग मार्फत त्यो अवस्था र व्यवहारमा परिवर्तन ल्याउन सक्नुहुन्छ । 

समस्या वृक्षमा आधारित रहेर कुन समस्यालाई सुधार चक्र मार्फत व्यवस्थित गर्न सकिन्छ ? 

लक्ष्यः (समस्याअनुसार) ...............................................................................................................


तलका केसहरुको अध्ययन गर्नुहोस् । ती मध्ये एउटा छान्नुहोस् र उक्त चुनौतीको लागि समस्या वृक्ष सिर्जना गर्नुहोस् । समस्या वृक्षहरु उल्लेखित कारणहरूमध्ये कुनै सान्दर्भिक छ र त्यसले तपाईँलाई आफ्नो  कक्षामा परिवर्तन गर्नको लागि सानो सुधार चक्र प्रयोग गर्ने आवश्यक्ता महशुस गराउँछ ? 

सहकर्मीहरूसँग आफ्नो विचार सेयर गर्नुहोस् ।

विद्यालयका प्रधानाध्याकहरुसँगको सर्वेक्षणमा आधारित उदाहणहरु


पहिलो उदाहरण (सन्दर्भ १)

विद्यालय नेतृत्व र बाल विवाह  ( एक चुनौती)

मैले शिक्षा क्षेत्रमा २० वर्ष देखि काम गर्दै आएको छु र हाल रौतहटको एक माध्यमिक विद्यालयको प्रधानाध्यापकको रुपमा कार्यरत छु । यस विद्यालयमा भर्ना दरमा बृद्धि भएको छ तर कक्षा ९ र १० मा छात्राहरुले बिचैमा विद्यालय छाडेर जाने समस्या पनि छ । म आफैं र मेरा शिक्षकहरू ती छात्राहरूको अभिभावकहरुलाई  कुरा बुझाउन घरमै पनि जान्छौं तर उनीहरुको विचार परिवर्तन गर्न हामीलाई गाह्रो भयो । हामी पुग्दा सम्म त धेरैजसो ती छात्राहरू विवाह गरेर आफ्ना श्रीमानको घर गइसकेका हुन्छन् । नवविवाहित बुहारीका रूपमा जिम्मेवारी वहन गर्नेुपर्ने भएकोले घरायसी काममा व्यस्त हुन्छन् । यो जिम्मेवारीले गर्दा ति छात्राहरु विद्यालय फर्कने सम्भावना एकदमै कम छ । यो चुनौतीलाई न्यूनीकरण गर्न हामीलाई समुदायको सहयोग चाहिएको छ ।

दोस्रो उदाहरण (सन्दर्भ २)

विद्यालय नेतृत्व र अपाङ्गता (चुनौतीको रुपमा)

प्रत्येक कक्षामा सिकाइमा कठिनाइ भएका वा शारीरिक अपाङ्गता भएका विद्यार्थीहरू हुनसक्छन् । नवप्रभात प्राथमिक विद्यालयमा केही यस्ता विद्यार्थीहरु छन् । हामीले शिक्षकहरूलाई आफ्नो शिक्षण सिकाइको दृष्टिकोणमा र शिक्षण विधि मार्फत त्यस्ता विद्यार्थीहरुलाई थप सहयोग गर्नको लागि अभिमुखीकरण प्रदान गछौ । हामी अभिभावकहरुलाई घरमा पनि त्यस प्रकारका आफ्ना बालबालिकाहरुको सिकाइमा सहयोग गर्नको लागि कुराकानी गछौ । विद्यालयमा स्रोत शिक्षक पनि हुनुहुन्छ । तर स्रोत शिक्षकको जिम्मेवारी भएका शिक्षक आफैले भने आफ्नो पढाउनुपर्ने कक्षासँगै अतिरिक्त पिरियड पनि भएकाले आफ्नो जिम्मेवारी  प्रभावकारी रुपमा पूरा गर्न नसकेको अवस्था छ । अपाङ्गता भएका विद्यार्थीले पढ्ने कक्षाहरुमा शिक्षकहरुलाई सहायक सामग्रीहरु  उपलब्ध गराउनुपर्छ । शिक्षकहरुलाइ अपाङ्गता सम्बन्धी प्याकेज एवं प्रशिक्षण (साङ्केतिक भाषा र ब्रेल) उपलब्ध गराउनुपर्छ । हाम्रो विद्यालयमा अपाङ्गता कार्ययोजनाका लागि सरकारले प्रयाप्त चासो नदेखाउनाले दक्ष जनशक्तिको अभाव छ ।



You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle