क्रियाकलाप ४.३ – चरण १ ‘योजना–कार्य–अध्ययन–कार्यन्वयन’ चक्र सँगै काम गर्नुहोस् (सिंक्रोनस NIC क्रियाकलाप) – २ घण्टा
चरण १ – समस्या वृक्ष कसरी प्रयोग गर्ने बारेमा जान्नका लागि यो भिडियो हेर्नुहोस्
वा अनलाइन सहजकर्तासँग सम्पर्क गरी सिंक्रोनस सत्रमा भाग लिनुहोस् ।
यदि तपाई भिडियो हेर्दै हुनुहुन्छ भने, यसका लागि तपाईँलाई ३ – ४ मिनेट लाग्नेछ ।
समस्या वृक्ष, विद्यमान समस्याको एक चित्रात्मक प्रतिनिधित्व हो जसले समस्याका कारणहरु र प्रभावहरुको बारेमा स्पष्ट र साझा बुझाई बनाउन सहयोग गर्छ । समस्या वृक्षका केही शब्दहरु (एनालोजी) बुझ्नु जरुरी छ । (शाखा = प्रभाव, ट्रंक = सूक्ष्म समस्या, जरा = कारणहरू)

सुधार चक्रसँग सम्बन्धित समस्या वृक्षको उदाहरणः
समस्या वृक्षः एकजना विद्यार्थीले एउटै कक्षा दुई पटक दोहो¥याएको छ ।

तपाईले यो अभ्यासबाट देख्न सक्नुहुन्छ कि कुनै एक विद्यार्थीले दोहोर्याउँछ भने त्यसका अल्पकालीन र दीर्घकालीन प्रभावहरू धेरै हुन्छन् ।
सुधार चक्रको उदाहरण ः (समस्या वृक्ष) ः यो एउटा उदाहरण मात्र हो । तपाईँले आफ्नो विद्यालयका परिवेश र समस्याअनुसार तयार गर्नुहोस् ।
१. योजना बनाउनुहोस् –
सर्वप्रथम माथिको चित्रमा उल्लेखित कारणहरू राम्रोसँग हेर्नुहोस् र तपार्ईको योजनाले सम्बोधन गर्न सक्ने कुनै एउटा कारण छान्नुहोस् । उक्त कारणलाई विशेष लक्ष्यको रुपमा विकास गरेर दुई हप्ता भित्र कार्य सक्ने प्रयास गर्नुहोस् ।
कारणः विद्यार्थीहरूबीच एकअर्कालाई मद्दत गर्न प्रोत्साहित गर्नको लागि कक्षाकोठाको उचित व्यवस्थापन भएको छैन ।
लक्ष्यः विद्याथीलाई कक्षा व्रिmयाकलापमा केन्द्रित गराउन कक्षाकोठाको व्यवस्थापन परिवर्तन गर्नुहोस् जसले गर्दा विद्यार्थीहरु आ–आफ्ना काममा केन्द्रित हुने र कक्षामा हल्ला कम हुनेछ ।
योजनाः ती कक्षा दोहोराएका विद्यार्थीलाई अगाडी राख्न, सहयोगी साथीसँग बस्न र कक्षा कार्यमा केन्द्रित रहन सहयोग गर्ने वातावरणको लागि कक्षाकोठामा नयाँ बसाई व्यवस्थापनको प्रयास गर्नुहोस् ।
२. योजना अनुसार कार्य गर्नुहोस्
शिक्षकहरूले बस्ने व्यवस्था कसरी परिवर्तन गर्न सक्छन् भन्ने बारे कुरा गर्नुहोस् र उनीहरुसँगै काम गर्नुहोस् । उनीहरूलाई आवश्यक परिवर्तनहरू गर्नका लागि मद्दत गर्नुहोस् । शिक्षकलाई उनीहरूले बालबालिकाहरुमा (पढाई, संज्ञानात्मक, शान्त वातावरण, व्यवहार, इत्यादि) कस्तो सुधारहरू देख्न चाहन्छन् भनी प्रश्न सोध्नुहोस् ।
३. तपाईँको योजनाले काम गरिरहेको छ कि छैन अध्ययन गर्नुहोस्
योजनाले काम गर्यो कि गरेन भन्ने अध्ययन गर्न विभिन्न विधिहरुको प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, कक्षा अवलोकन । यसमा यो व्रिmयाकलाप गर्नु पहिले केही दिन पछि र दुई हप्ताको अन्त्य सम्म बालबालिकाले कसरी व्यवहार गरिरहेका छन, नोटहरु लेख्नुहोस् । के उक्त परिवर्तन (योजना अनुसारको काम) ले तपाईँले चाहनु भएको प्रभाव पार्न सकेको छ ? के कक्षामा विद्यार्थीहरु तुलनात्मक रुपमा पढाईमा ध्यान दिन थालेका छन् ? छ भने सो कुरा कुरा सुनिश्चित गर्नुहोस । शिक्षक र विद्यार्थीलाई पनि सोध्नुहोस र पृष्ठपोषणको लिनुहोस् ।
४. कार्यन्वयन गर्नुहोस्
योजनामा पुनः कार्य गर्नुहोस् वा यदि योजनाले बालबालिकाको कक्षा कार्यमा ध्यान केन्द्रित गृने तपाईँक लक्ष्यमा सुधार गरेन भने उक्त योजनालाई परिवर्तन गर्नुहोस् ।
के तपाईलाई यो योजना समग्रमा प्रभावकारी थियो जस्तो लाग्छ ? के तपाईंले यो योजना कार्यान्वयनबाट देखिएको सुधारलाई निरन्तरता दिन चाहनुहुन्छ ? वा अरू केहि थप प्रयास गर्नु चाहानुहुन्छ ? वा यसलाई निरन्तर गर्दै समस्या वृक्षबाट अर्को कारणलाई लिएर त्यसको सम्बोधन गर्न नयाँ लक्ष्य थप्न चाहनुहुन्छ् ? के तपाई कक्षाकोठाको वातावरणमा नयाँ खालको अभ्यास गर्न चाहनुहुन्छ ? उदाहरणका लागि, के तपाई बालबालिकाको अभिभावकसँग बैठकको गर्न चाहनुहुन्छ ? अथवा समुदायमा रहेका स्वयंसेवकहरू परिचालन गर्ने बारेमा सोच्न चाहनुहुन्छ जो कक्षाकोठामा आउन सक्छन् र विद्यार्थीहरूलाई मद्दत गर्न सक्छन् । तपाईँका शिक्षकसँग यी प्रश्नहरू छलफल गर्नुहोस् र त्यसपछि आफ्नो अर्को कार्य छनौट गर्नुहोस् ।