Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. क्रियाकलाप ४.२ चिन्तन र एनआईसीसँग अनुभव सेयर गर्ने (३० मिनेट)

क्रियाकलाप ४.२ चिन्तन र एनआईसीसँग अनुभव सेयर गर्ने (३० मिनेट)

Completion requirements

क्रियाकलाप ४.१ मा उल्लेख कुनै एक परिवर्तनबारे तपाईले सिकाइ जर्नल तयार पार्नु भएको छ  । उक्त जर्नलमा टिपोट गर्नु भएका कूराहरु तपाईँको समूह (A,B,C,D,E) मा सेयर गर्नुहोस र अन्य २ जना सहभागीहरुले सेयर गरेको क्रियाकलापहरुमा पनि आफ्नो प्रतिक्रिया दिनुहोस् । अब तपाईँको आफ्नो परिवर्तनमा केही थप्नु पर्ने छ भने थप गरेर अनलाइनमा अपलोड गर्नुहोस् ।   


विद्यालयको प्रधानाध्यापक वा जिम्मेवार व्यक्तिको हैसियतमा, तपार्इँले यस्तै “सुधार चक्र” प्रयोग गर्नु भएको अनुभव थुप्रै हुनसक्छ अर्थात् “सुधार चक्र” नै भनेर प्रयोग नगरेपनि विभिन्न समस्या समाधानका लागि आफ्नै तरिकाले काम गर्नुभएको अनुभव हुन सक्छ । तपाईले यसलाई महशुस गर्नुभएको पनि हुनसक्छ वा नहुन पनि सक्छ । 


पीडीएसए साइकल (‘योजना–कार्य–अध्ययन–कार्यन्वयन’ चक्र) एक सुधार चक्र हो (यस पछि सुधार चक्र मात्र उल्लेख गरिनेछ) । यो क्रमबद्ध प्रक्रिया पनि हो । यस सुधार चक्र अनुसार कार्य गर्दा महत्वपूर्ण र अर्थपूर्ण सिकाई हुनुका साथै यसले ज्ञान पनि प्रदान गर्दछ । यो अभ्यासले तपार्इँलाई आफ्नो विद्यालयमा निरन्तर सुधारका काम गर्न मद्दत गर्दछ । 

निरन्तर सिकाईको लागि यस सुधार चक्रको चार चरणहरू बारम्बार दोहोरिन सक्छन् ।


यो चक्र, योजना चरण सँगै सुरु हुन्छ । यसमा पहिले लक्ष्य वा उद्देश्यको बारेमा निर्णय लिनु पर्ने कुरा समावेश छ – तपाईँ के र कसरी सुधार गर्न चाहनुहुन्छ ? त्यस पछि तपाईं आफ्नो विद्यालयमा गरेको कामको अनुभव सेयर गर्नुहुनेछ र अन्य साथीहरुसँग छलफल गरी सुझाव प्राप्त गर्नु भएको भए ती सुझावको प्रयोग गरी विद्यालयमा सुधारका लागि योजना बनाउन सक्नुहुन्छ । उक्त योजना अनुसारका कामको व्यवस्थापन गर्न समेत तपाई सक्षम हुनुहुनेछ । यो नै परिवर्तन हो । तपाईंले योजनालाई अगाडि बढाउन आवश्यक पर्ने स्रोतहरू (पैसा, व्यक्तिहरू, समय) बारे पनि सोच्नुपर्छ ।


यी गतिविधिहरू ‘कार्य’ चरण अन्तर्गत पर्छन् जसमा योजनाका भागहरू ‘योजना’ चरण बाट स्रोत प्रयोग गरेर कार्य गरिन्छ ।


अर्को अध्ययनको चरणमा तपाईंले नतिजाहरू मापन गरेर आफ्नो लक्ष्य (सुधार) हासिल भएको छ कि छैन भनी जाँच गर्नुहुन्छ  (लक्ष्य अनुसार मानिसहरूको सङ्ख्या, प्रतिक्रिया, सर्वेक्षण, अवलोकनहरू, आदि प्रयोग गरेर) । यसमा तपाईंले थप सुधारको लागि भएको प्रगति र सफलता वा समस्याका क्षेत्रहरूको वारेमा खोज्नु हुनेछ । 


‘कार्यान्वयन’ चरण सूधार चक्रको अन्तिम चरण हो । यो चरणमा सुधार चव्रmका कामलाई रोकिन्छ । यो तपाईंले अघिल्लो चरणहरूमा सिकेका कुराहरूको वारेमा सोचविचार गर्ने समय हो । तपाईंले यसबाट प्राप्त जानकारी विद्यालयमा अनुभव गर्नुभएको परिवर्तनलाई निरन्तरता दिनको लागी प्रयोग गर्नु हुनेछ । यसका साथै परिवर्तनलाई प्रभावकारी बनाउन वा त्यसलाई छोडन र त्यसमा सुधार ल्याउन अन्य केही प्रयासहरु गर्नु हुनेछ । ‘कार्यान्वयन’ चरणको बारेमा कुरा गर्नु अत्यन्तै महत्वपूर्ण छ । तपार्इँले तल उल्लेखित प्रश्नहरूमा विचार गर्न सक्नुहुन्छ जस्तै;


– के तपार्इँले गर्नुभएको परिवर्तन सुधार उन्मुख थियो ?

– के यसले अवस्थालाई झन बिगार्यो ?

–  अब कुन कामलाई निरन्तरता दिने हो ?

– यदि यसलाई निरन्तरता दिनुपर्दैन भने तपार्इँले अर्को पटक यो कामलाई कसरी फरक ढंगले गर्नुहुन्छ ?

यद्यपी योजनाले काम गरेन भने यो अनुभव वा अडिटबाट धेरै कुराहरु सिक्नु पर्ने छ । 



You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle